६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

राजधानीमै रगतको अभाव, यस्तो छ कारण

राजधानीमै रगतको अभाव, यस्तो छ कारण
अ+ अ-

काठमाडौं । चिसो बढेसँगै रगत संकलनको दर दोब्बरले घटेको छ । गर्मी मौसममा दैनिक २५० जनासम्मले रक्तदान गर्ने गरेकोमा हाल सयदेखि १५० जनासम्मले रक्तदान गर्दै आएको केन्द्रीय रक्तसञ्चार सेवा (ब्लड बैंक) ले जनाएको छ ।
केन्द्रमार्फत दैनिक १५० युनिट मात्र रगत संकलन हुन्छ । तापक्रम कम भएका कारण रक्तदाताले रगत नदिँदा रक्त संकलनमा कमी आएको केन्द्रका प्रशासकीय निर्देशक पवनकुमार गुप्ताले बताए । शुक्रबार ४० जनाले मात्रै रक्तदान गरेका थिए ।

शनिबार ३ सय जनाले रक्तदान गरेको केन्द्रले जनाएको छ । गुप्ताले भने, ‘तापक्रम निकै कम छ, न्यानोमा बस्न चाहने भएकाले र रगत दिन कपडा फुकाल्दा चिसो हुन्छ, त्यही भएर पनि रगत संकलन गर्मीमा भन्दा चिसोमा थोरै हुन्छ ।’
सामान्यतयाः बिदाको दिनबाहेक अन्य दिन रगत संकलन अत्यन्त न्यून हुन थालेको छ । ब्लड बैंकले स्वस्थ नागरिकलाई रक्तदान गर्न अपिलसमेत गरेको छ ।
स्वस्थ शरीर, कम्तीमा १८ वर्ष पूरा भई ६० वर्ष ननाघेको र कम्तीमा ४५ केजी तौल भएको व्यक्ति रक्तदान गर्न सक्षम हुन्छन् । शरीरमा रक्तचाप, नाडी, तापक्रम सामान्य भएको स्वास्थ्य परीक्षणबाट मुटु, फोक्सो र कलेजो राम्रो रहेको व्यक्तिले रक्तदान गर्न सक्ने चिकित्सक बताउँछन् ।

केन्द्रले रगतको अभाव नभएको दाबी गरे पनि सरकारी तथा निजी अस्पतालमा रगत नहुँदा बिरामी निकै मारमा पर्ने गरेका छन् । मुख्यतः जाडोको समयमा रगत संकलन कमी हुँदा पनि रगतको अभाव देखिने गरेको छ ।
रुपन्देही भैरहवाका २७ वर्षीय अमृत केसी वीर अस्पताल पुगे । उनलाई रगतको आवश्यकता पर्ने भयो । अमृतका दाइ सविन केसीले भने, ‘अस्पतालको इमरजेन्सी कक्षले रगत छैन भन्दै रगत खोज्न आग्रह ग¥यो, कतै फोन लागेन, निकै प्रयासपछि बल्ल पाइयो ।’

सरकारले प्रत्येक अस्पतालमा रगत भण्डारणको व्यवस्था गर्न निर्देशन दिए पनि अधिकांश अस्पतालले अटेरी गरेका छन् । केन्द्रको समन्वयमा काठमाडौं उपत्यकामा चारवटा अस्पतालले मात्रै मागअनुसार केन्द्रबाट नियमित रगत लिने गरेका छन् । काठमाडौं उपत्यकामा बी एन्ड बी, सुमेरू, बयोधा र हरिसिद्धी क्यान्सर अस्पतालले मात्रै रक्तसञ्चार केन्द्रको समन्वयमा रगत लिने गरेको केन्द्रले जनाएको छ ।
तर, सरकारी अस्पताल वीर, महाराजगन्जस्थित शिक्षण अस्पताल, ट्रमा सेन्टरलगायतका अस्पतालमा बिरामी भर्ना भएर रगतको अभाव खड्किए बिरामीका आफन्तले नै ब्लड बैंक धाउनुपर्ने बाध्यता छ । केन्द्रको तथ्यांकनुसार साउनदेखि मंसिरसम्म ४० हजार युनिट रगत खपत भएको हो ।

गत आर्थिक वर्षमा केन्द्र र केन्द्र मातहत गरी ३ लाख ४४ हजार रगत खपत भएको थियो । जसअन्तर्गत १ लाख २० हजार युनिट रगत केन्द्रमा मात्रै वितरण भएको केन्द्रका प्रशासकीय निर्देशक गुप्ताले बताए ।
प्रति युनिट ४९५ रुपैयाँमा रगत उपलब्ध हुने गर्छ । रक्तसञ्चार सेवाका प्रशासकीय निर्देशक गुप्ताले भने, ‘सम्बन्धित अस्पतालले आफैं रगतको क्रसम्याच टेस्ट गरे भने ४९५ रुपैयाँ पर्न आउँछ । केन्द्रले रगतको क्रसम्याच टेस्ट गरेर अस्पतालमा पठाउनुप¥यो भने ६४५ रुपैयाँ प्रतियुनिट पर्न आउँछ ।’ क्रसम्याच टेस्ट भन्नाले रगत लिने र दिनेबीचको रक्त समूह मिलेको छ या छैन भिडाउने प्रविधि हो ।

रगतको मूल्य नपर्ने भन्दै रगतमा आवश्यक टेस्ट र ब्लड ब्यागको मूल्य पर्ने बताइएको छ । रक्तथैलीमा भएको रगतमा एचआईभी, हेपाटाइटिस बी, हेपाटाइटिस सी र सी फ्लिस छ या छैन भनेर टेस्ट गरिन्छ ।
प्याक्ट रेड ब्लड सेलको म्याद ४२ दिन, फ्रेस फ्लोजन प्लाज्माको म्याद ६ महिना र प्लेटलेट प्रोडक्टको म्याद ७२ घण्टा हुने रक्तसञ्चार सेवाका प्रशासकीय निर्देशक गुप्ताले जानकारी दिए । समाचार राजधानी दैनिकमा छ ।