६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

गाउँपालिकाको अध्यक्षको आतंक, जलविद्युत आयोजना नै बन्द

अ+ अ-

काठमाडौं । स्थानीय प्रभावित जनताले राख्दै आएको माग सम्बोधन नगरेको भन्दै रामेछापको लिखु तामाकोसी गाउँपालिकाले निर्माणाधीन लिखु ३ जलविद्युत् आयोजनाको काम ठप्प पारेको छ।

प्रवद्र्धक कम्पनीले ‘स्थानीय सरकार र स्थानीय जनतासँग सहकार्य गर्न नचाहेको र केही अराजक व्यक्तिलाई साथ लिई जनतामाथि नै दादागिरी गर्दै आएको’ गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर खड्काले निर्माण कार्य हाललाई रोकेको बताए।

गाउँपालिकाका अध्यक्ष खड्काले भने, ‘श्वेतगंगा हाइड्रोपावर कम्पनीले स्थानीय सरकार र जनतालाई टेरेन। त्यसले आफ्नो कार्यस्थलबाट निस्केको धुलो न्यूनीकरण गर्न जनता र हामी जनप्रतिनिधिले धेरै पटक अनुरोध गर्‍यौं तर कम्पनीका मालिकहरुले हाम्रो कुरै नसुनी दादागिरी गरि नै रहे।’

उनका अनुसार कम्पनीले स्थानीय जनतालाई दिने भनेको रोयल्टीसमेत दिएन। त्यसपछि करिब २२ सयको संख्यामा आएको स्थानीय जनताले गाउँपालिकाको कार्यालय घेरा हाले। ‘म जनताको सेवक हुँ। जनताको आदेश पालना गर्दै मैले तत्कालका लागि काम रोकिदिएको हो, उनले भने।

स्थानीयको माग सम्बोधन गरिदिन्छु भन्दै पटक–पटक र्वार्तामा बोलाएर स्थानियलाई झुलाई राखेको भन्दै स्थानीय संघर्ष समितिका संयोजक केशर पौडेलले गुनासो गरे।

‘हामीले धेरै पटक वार्तामा बस्न फिल्ड मेनेजर बसन्त पौडेलसंग आग्रह गर्‍यौं, वडा कार्यालय, गाउँपालिका कार्यालय हुँदै जिल्ला प्रशासन कार्यालय र जिल्ला वन कार्यालयसम्मलाई जानकारी गरायौं, तर हाम्रो कुनै सुनुवाई भएन हामी अन्यायमा पर्‍यौं’, उनले भने।

गंगा हाइड्रोपावर कम्पनीका फिल्ड मेनेजर बसन्त पौडेलले स्थानीयको माग कम्पनीले पूरा गर्न नसक्ने खालका रहेको बताए।

उनले भने, ‘हाइड्रो कम्पनीको नीति९नियममा रहेर पूरा गर्न सक्ने खालका माग पूरा गर्न तयार छौँ तर अहिले गाउँपालिका अध्यक्षद्धारा पत्र काटेको कारण कामकाज ठप्प पारेको हो।’

हाइड्रोपावरले वातावरणीय प्रदुषण नियन्त्रणका लागि उचित जिम्मेवारी पूरा गर्नु पर्ने, कम्तीमा १५ शैयाको अस्पताल निर्माण गर्नुपर्ने, बोर्डिङ स्कुलको व्यवस्था, आयोजनाको कारण सुख्खा भएको खानेपानीको उचित व्यवस्था, अति प्रभावितलार्ई रोजगारीको व्यवस्था गर्नु पर्ने स्थानियले माग गर्दै आएका छन्।

उनीहरुले अधिकतम शेयरको व्यवस्था, जग्गाजमिनको चलन चल्तीको मूल्यांकनको आधारमा मुआब्जा, आयोजना वरिपरिको सडक व्यवस्थित हुनु पर्ने, क्रसर उद्योग जनबस्तीदेखि कम्तीमा ५ सय मिटर टाढा सञ्चालन हुनु पर्ने लगायतका मागहरु स्थानीयले राख्दै आएका छन्।

स्वयत गंगा हाइड्रोपावर लिखु–३ को काम सुचारु भएसँगै अहिलेसम्म टिपरको ठक्करबाट दुईजना स्थानीयको ज्यान गइसकेका छन् भने एक जना अझै उपचारत्मक छन्।

ओखलढुङ्गा र रामेछाप जिल्लाको सिमानामा निर्माणधिन गंगा हाइड्रोपावर लिखु–३ बाट २८ दशमलव ५ मेगावाट क्षमताको विद्युत उत्पादन हुने अनुमान गरिएको छ। स्थानीय प्रभावित जनताले राख्दै आएको माग सम्बोधन नगरेको भन्दै रामेछापको लिखु तामाकोसी गाउँपालिकाले निर्माणाधीन लिखु९३ जलविद्युत् आयोजनाको काम ठप्प पारेको छ।

प्रवद्र्धक कम्पनीले ‘स्थानीय सरकार र स्थानीय जनतासँग सहकार्य गर्न नचाहेको र केही अराजक व्यक्तिलाई साथ लिई जनतामाथि नै दादागिरी गर्दै आएको’ गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर खड्काले निर्माण कार्य हाललाई रोकेको बताए।

गाउँपालिकाका अध्यक्ष खड्काले भने, ‘श्वेतगंगा हाइड्रोपावर कम्पनीले स्थानीय सरकार र जनतालाई टेरेन। त्यसले आफ्नो कार्यस्थलबाट निस्केको धुलो न्यूनीकरण गर्न जनता र हामी जनप्रतिनिधिले धेरै पटक अनुरोध गर्‍यौं तर कम्पनीका मालिकहरुले हाम्रो कुरै नसुनी दादागिरी गरि नै रहे।’

उनका अनुसार कम्पनीले स्थानीय जनतालाई दिने भनेको रोयल्टीसमेत दिएन। त्यसपछि करिब २२ सयको संख्यामा आएको स्थानीय जनताले गाउँपालिकाको कार्यालय घेरा हाले। ‘म जनताको सेवक हुँ। जनताको आदेश पालना गर्दै मैले तत्कालका लागि काम रोकिदिएको हो, उनले भने।

स्थानीयको माग सम्बोधन गरिदिन्छु भन्दै पटक–पटक र्वार्तामा बोलाएर स्थानियलाई झुलाई राखेको भन्दै स्थानीय संघर्ष समितिका संयोजक केशर पौडेलले गुनासो गरे।

‘हामीले धेरै पटक वार्तामा बस्न फिल्ड मेनेजर बसन्त पौडेलसंग आग्रह गर्‍यौं, वडा कार्यालय, गाउँपालिका कार्यालय हुँदै जिल्ला प्रशासन कार्यालय र जिल्ला वन कार्यालयसम्मलाई जानकारी गरायौं, तर हाम्रो कुनै सुनुवाई भएन हामी अन्यायमा पर्‍यौं’, उनले भने।

गंगा हाइड्रोपावर कम्पनीका फिल्ड मेनेजर बसन्त पौडेलले स्थानीयको माग कम्पनीले पूरा गर्न नसक्ने खालका रहेको बताए।

उनले भने, ‘हाइड्रो कम्पनीको नीति९नियममा रहेर पूरा गर्न सक्ने खालका माग पूरा गर्न तयार छौँ तर अहिले गाउँपालिका अध्यक्षद्धारा पत्र काटेको कारण कामकाज ठप्प पारेको हो।’

हाइड्रोपावरले वातावरणीय प्रदुषण नियन्त्रणका लागि उचित जिम्मेवारी पूरा गर्नु पर्ने, कम्तीमा १५ शैयाको अस्पताल निर्माण गर्नुपर्ने, बोर्डिङ स्कुलको व्यवस्था, आयोजनाको कारण सुख्खा भएको खानेपानीको उचित व्यवस्था, अति प्रभावितलार्ई रोजगारीको व्यवस्था गर्नु पर्ने स्थानियले माग गर्दै आएका छन्।

उनीहरुले अधिकतम शेयरको व्यवस्था, जग्गाजमिनको चलन चल्तीको मूल्यांकनको आधारमा मुआब्जा, आयोजना वरिपरिको सडक व्यवस्थित हुनु पर्ने, क्रसर उद्योग जनबस्तीदेखि कम्तीमा ५ सय मिटर टाढा सञ्चालन हुनु पर्ने लगायतका मागहरु स्थानीयले राख्दै आएका छन्।

स्वयत गंगा हाइड्रोपावर लिखु–३ को काम सुचारु भएसँगै अहिलेसम्म टिपरको ठक्करबाट दुईजना स्थानीयको ज्यान गइसकेका छन् भने एक जना अझै उपचारत्मक छन्।

ओखलढुङ्गा र रामेछाप जिल्लाको सिमानामा निर्माणधिन गंगा हाइड्रोपावर लिखु–३ बाट २८ दशमलव ५ मेगावाट क्षमताको विद्युत उत्पादन हुने अनुमान गरिएको छ। समाचार अन्नपूर्ण पोष्टमा छ ।