१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरिया छाडेर खोरियामा रमाउँदै



अ+ अ-

बलेवा । पाँच वर्ष पहिला कोरिया पुग्नुभएका बागलुङकोे कुश्मीशेराका भीमप्रसाद आचार्यले मनग्य आम्दानी गर्ने र सुखसँग दिन काट्ने सपना देख्नुभएको थियो । काठमाडौँमा बसेर लामो समयको मेहनतपछि भाषा परीक्षापास गरेर उहाँ कोरिया पुग्नुभयो । विदेशमा कमाइ गर्न सहज छैन भन्ने थाहा पाएपछि आचार्य दुई वर्षपछि घर फर्किनु भयो ।

कोरियमा भन्दा आफ्नै माटोमा मेहनत गर्ने योजनासहित आचार्य गाउँ फर्किनुभयो । उहाँले खोरिया खनेर कोरियाको कमाइ गर्ने अभियान थाल्नुभयो । आधुनिक खोर बनाएर बाख्रापालन गर्दै आउनुभएका आचार्यसँग २८ स्थानीय खरी जातका बाख्रा छन् । उहाँले १० बाख्रबाट बाख्रापालन थाल्नुभएको हो ।

व्यावसायिक रुपमा बाख्रापालन गर्दैआउनुभएका आचार्यले खोर बनाउँदा र बाख्रा किन्दा झण्डै रु तीन लाख खर्चिनुभएको थियो । ‘नागढुङ्गा बाख्रा फार्म’का सञ्चालक उहाँले कुखुरापालनसँगै तरकारीखेती गर्दै आउनुभएको छ ।

“बाख्राको मल हालेर तरकारीखेती गरिरहेको छु,” उहाँले भन्नुभयो । ब्रोइलर कुखुराको अण्डा आचार्यले स्थानीय बजारमा बिक्री गरेर पर्याप्त अम्दानी गर्दै आउनुभएको छ । “महीनैपिच्छे आम्दानी हुने भए पछि कुखरापालन र तरकारीखेतीसमेत गरिरहेको छु,” उहाँले भन्नुभयो । अहिले आचार्यको खोरमा रहेका बाख्रा र कुखुराले उहाँलाई कोरियाको झल्को मेटाएको छ । महीनामा खर्च कटाएर रु ३० हजार आम्दानी हुन्छ । उहाँको काममा श्रीमती हेमाले सहयोग गर्दै आउनुभएको छ् ।

आचार्यले आधुनिक मिनीटेलर हलोको प्रयोग गरी खेती गर्नुहुन्छ । पाँच मुरी कोदो फल्ने बारीमा केराका बिरुवा हुर्किँदै छन् । “झण्डै दुई सय केराको बिरुवा लगाएको छु,” उहाँले भन्नुभयोे, “दुई वर्षमा रु १५ लाखको केरा बेच्ने योजना छ ।” लगानी गरेर तत्काल फाइदा खोज्ने प्रवृत्तिका कारण नेपालमा मेहनत गर्नेको सङ्ख्यामा कमी आएको उहाँ बताउनुहुन्छ । समयअनुसारको आयमूलक खेती गर्ना आचार्यले सुझाव दिनुभयो ।
रासस