६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

नेपालमा नयाँ चिनियाँ राजदूत, सम्बन्धमा के फरक पर्छ ?

नेपालमा नयाँ चिनियाँ राजदूत, सम्बन्धमा के फरक पर्छ ?
अ+ अ-


हाउ याङ्छी नेपालका लागि नयाँ चिनियाँ राजदूतका रुपमा गत शनिबार नेपाल आएकी छिन् । उनले गएको आइतबार परराष्ट्र मन्त्रालयमा पत्र बुझाइन र सोही दिन नै बालुवाटारस्थित आफ्नो कार्यालयमा काम थालेकी हुन् । उनले सोमबार नै राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहदाको प्रमणपत्र प्रस्तुत गरेकी छिन् । सोमबार काठमाडौंमा अरु देशका राजदूतहरुसँगै उनले पनि राष्ट्रपतिलाई प्रमाणपत्र बुझाएकि हुन् । नेपालको राजनीतिक र कुटनीतिक बृत्तमा यतिबेला राजदूत याङ्छीको विज्ञता, नेपालसँगको उनको सम्बन्धका अतिरिक्त उनको सुन्दरताको पनि चर्चा गर्न थालिएको छ ।


नेपालस्थित चिनियाँ दूतावासको वेवसाइटमा राजदूत हाउको सुन्दर तस्वीर राखिएको छ र उनको पहिलो सन्देश (म्यासेज) पनि पोष्ट गरिएको छ । त्यस पोष्टमा उनले चामोलोङमा (सगरमाथा), बुद्ध, मञ्जुश्री र काठमाडौंको सांस्कृतिक विरासतको चर्चा गर्दै नेपाललाई ‘दयालु’ मानिसहरूको देशका रुपमा चित्रण गरेको देखिन्छ । यो उनले नेपाल आएर आफ्नो कार्यभार सम्हालेको सन्देशका रुपमा पनि लिन सकिन्छ ।


नेपाल र चीनबीच सन् १९५५ मा कुटनीतिक सम्बन्ध स्थापना भएको हो । त्यसयताको यी दुई देशको सम्बन्ध यतिबेला भने विशेष रुपमा अघि बढेको छ तथा विशेया मोडमा आएर उभिएको छ । किनभने तीन वर्षअघि नेपालमाथि भारतले नाकाबन्दी लगाउँदा उत्तरी छिमेकी मुलुक चीनको साथ र ढाडस पाएको अनुभव नेपाली नागरिकको मानसपटलमा ताजै छ । हुनत आजका दिनसम्म त्यतिबेलाको चीनसँगको सहयोग र साथले हाम्रो दक्षिणी नाकाको विकल्पको काम गर्न सकेको होइन, तर पनि देशलाई अप्ठेरो परेका बेलामा एक छिमेकीले जेजस्तो शब्द र व्यवहार दिनु या देखाउनुपर्ने हो त्यसमा चीनले कुनै कमी आउन दिएको थिएन । त्यसैले पनि नेपाली नागरिकको भावना उत्तरी छिमेकीसँग बडो सहृदयताका साथ जोडिन पुगेको हो ।


यो भावना र सहृदयतालाई अबका दिनमा भौतिक रुपमा जोड्नुछ जुन आजसम्म कागजीरुपमा मात्र जोडिन लागेको छ । त्यही नाकाबन्दीकै समयमा नेपाल र चीनबीच पारवाहनलगायतका विभिन्न सम्झौताहरु भएका थिए । ती सम्झौतामा नेपाल चीन व्यापारिक खुल्लापन र नेपालसम्म चिनियाँ रेल ल्याउनेसम्मका प्रतिबद्धताहरु उल्लेख छन् । अब तिनलाई भौतिकरु रुपमै कार्यान्वयनमा ल्याउनु जरुरी छ । त्यसका लागि यी दुई देशबीचको छ दशकभन्दा पुरानो सम्बन्धमा थप गति दिनु जरुरी छ । यस सम्बन्धमा अहिले आएर नयाँ आयाम थप्नु जरुरी छ । त्यसैले पनि वर्तमान राजदूत याङ्छी यस्तो समयमा नेपाल अएकि छिन् जसको सक्रियताले दुई देशको सम्बन्धमा निकै प्रभावकारी भूमिका निर्वाह गर्नसक्छ भनिएको हो । यी दुई देशले आपसी विश्वास र बडो मेहनतका साथ काम गर्नु किन जरुरी छ भने यी दुई देशले छ दशकपछि गर्न आँटेको यति महत्वपूर्ण कार्यको बीचमा निकश्ै ठूलो हिमाल छ, जुन पर्खाललाई एक प्रतिकात्मक रुपमा पनि लिन सकिन्छ । किनभने दुई देशबीच सहज र विश्वासिलो रुपमा काम गर्न तगारो धेरै छ, कठिन छ ।


राजदूत याङ्छीले कुटनीतिमा सी चिनफिङ विचारद्वारा निर्देशित भएर कामगर्ने र ‘बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) जस्ता विशाल र विश्वव्यापी पहललाई संयुक्त रुपमा विकास गर्दै दुवै देशले कनेक्टिभिटि, व्यापार र लगानी, उर्जा, कृषि, संस्कृति र पर्यटनको क्षेत्रमा सहयोग बढाउदै लैजानुपर्ने प्रतिबद्धता पनि व्यक्त गरेकी छिन् । जसमा नेपालले चीनसँगको प्रतिबद्धता व्यक्त गरिसकेको छ, नेपालले चीनको यो वृहत महत्वाकांक्षी परियोजनामा हस्ताक्षर पनि गरिसकेको छ । नेपालको दक्षिणी छिमेकीले नगरेको मात्र होइन कि यो परियोजनाको विरोध नै गरिरहेको भए पनि नेपालले त्यसमा सहमति र हस्ताक्षर नै गर्नुलाई चीनले पनि कूटनीतिक रुपमा बुझ्नुपर्छ कि कतिपय कूटनीतिक विषयहरु नभनीकन पनि बुझ्नुपर्ने हुन्छ, बुझ्न सक्नुपर्ने हुन्छ । यी र यस्ता अनेक सम्वेदनशिलता र उतार चढावहरुकै माझमा चिनियाँ राजदूत याङ्छीको नेपाल बसाई दुवै देशको हितमा बडो प्रभावकारी हुन सकोस् भन्ने कामना गर्न सकिन्छ ।

राजदूत यु होङ फर्केपछि नेपाल आएकी हाउ बेइजिङमा रहँदा चीनको परराष्ट्र मन्त्रालयको एशिया विभागकी उपनिर्देशक थिइन् । जसको प्रमुख भूमिका एशियाली राष्ट्रका बेइजिङस्थित राजदूतहरूसँग फरक फरक विषयमा वार्ता गर्नु हुन्छ । त्यस हिसाबले हेर्दा उनलाई एसियाको विज्ञका रुपमा पनि लिन सकिन्छ । उनी सन् २०१५ देखि नै परराष्ट्र मन्त्रालयमा त्यो जिम्मेवारीमा थिइन । त्यस समयमा नेपालमा भारतीय नाकाबन्दी थियो र चीनबाट पेट्रोल ल्याउन पहल शुरु भएको थियो । त्यतिबेला नेपाली दूतावास पनि शुरुमा उनीसँगै ठोक्किनुपर्दथ्यो, जुन स्वाभाविकै थियो । उनले नेपालसँग पेट्रोलियम पदार्थको कारोबार गर्न चीन तयार रहेका र तत्कालका लागि अनुदानमै केही अनुपातमा पेट्रोल दिन सकिने भनेर नेपालमा इन्धनको अभावमा ब्याकुल रहेका नेपाली नागरिकका घाउमा थोरै मात्र भए पनि मल्हम लगाउने काम गरेका थिइन् । यो धेरै थिएन, तर कूटनीतिक रुपमा भन्दा यसलाई मायाको चिनोको रुपमा भने लिन सकिन्थ्यो । यसरी नेपालप्रति सद्भाव राख्ने राजदूत यतिखेर नेपालमा रहेका बेला उनीबाट हुनसक्ने सहयोग र समन्वयबाट नेपाल सरकार सक्रिय बन्न पनि सक्नुपर्छ । यो हाम्रा लागि फाइदा नै हो ।


अर्कातर्फ चीनका राष्ट्रपति सि चिनफिङबाट नेपालको भ्रमण हुने चर्चा पनि हामीबीच भइरहेको छ । यस्तो बेलामा हाउजस्तो राजदूत पाउनु नेपाल र चीन दुबैका लागि अवसर पनि हो भन्न सकिन्छ । यससँगै चीनजस्तो राष्ट्रको समृद्धिबाट नेपाल पनि लाभान्वित हुन सक्नुपर्छ । त्यसका लागि नेपाल पनि ‘प्रो एक्टिभ’ हुनु जरुरी छ ।