६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

स्ववियु निर्वाचन, फर्जी विद्यार्थी रोक्ने तयारी

स्ववियु निर्वाचन, फर्जी विद्यार्थी रोक्ने तयारी
अ+ अ-

काठमाडौं । २०६५ सालमा त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा २१ हजार विद्यार्थी भर्ना भएको अभिलेख त्रिभुवन विश्वविद्यालयसँग छ । चालू शैक्षिक सत्रमा त्रिवि केन्द्रीय क्याम्पसमा विद्यार्थीको संख्या झन्डै ५ हजार मात्र छ । संख्यात्मक हिसाबले यो चारगुणा कम हो । २०६५ सालमा स्ववियु निर्वाचन सम्पन्न भएको थियो । हाल विद्यार्थीविहीन त्रिभुवन विश्वविद्यालयको इतिहास केन्द्रीय विभागमा २०६९ सालमा ९३ जना विद्यार्थी भर्ना भएका थिए । तर, १५ जनाले मात्रै अध्ययनलाई निरन्तरता दिए । जसअन्तर्गत बाँकी ७८ जना विद्यार्थी अध्ययन नै नगरी उल्टै कतिपयले भर्ना शुल्कसमेत फिर्ता गर्न माग गरेको विभागका प्रमुख शंकर थापाले बताए । इतिहास विभागका प्रमुख थापाले २०६९ सालमा स्ववियु निर्वाचन हुने देखेर विद्यार्थी भर्ना भएको बताए । तर, त्यसेबला स्ववियु निर्वाचन भने हुन सकेन ।

त्रिभुवन विश्वविद्यालयले २०७५ फागुनमा स्ववियु निर्वाचन गराउने तयारी गरेको छ । स्ववियु निर्वाचनको पूर्वतयारी गर्नेसम्बन्धी परिपत्रमा ‘त्रिविका क्याम्पसमा १८ फागुन २०७३ मा भएको स्ववियु निर्वाचनबाट निर्वाचित पदाधिकारी एवं सदस्यहरूको दुईवर्षे कार्यकाल समाप्त हुने भएको हुँदा २०७५ फागुनमा हुने स्ववियु निर्वाचनको पूर्वतयारी गर्न/गराउनुहुन’ भनी उल्लेख गरिएको छ । त्रिविका आंगिक क्याम्पसमा स्ववियु निर्वाचन दुई–दुई वर्षमा गर्ने व्यवस्था रहेको छ । दुई वर्षअघि त्रिविले पहिलोपटक विद्यार्थीको उमेर हद २८ वर्ष कायम गरी स्ववियु निर्वाचन गराएको थियो ।

स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको समयमा फर्जी विद्यार्थी भर्ना हुने गरेका छन् । चुनावी प्रयोजनका लागि विद्यार्थी भर्ना हुने दर बढेको पाइएको छ । त्रिभुवन विश्वविद्यालय मातहत अध्ययन गर्ने विद्यार्थी संख्या २०७३÷७४ अनुसार ३ लाख ६७ हजार ४२७ जना छ । त्रिभुवन विश्वविद्यालय मातहत १ हजार ८५ सम्बन्धन प्राप्त र ६१ आंगिक क्याम्पस छन् । पछिल्लो अवधिमा विद्यार्थी संख्याको तथ्यांक संकलन भइरहेको त्रिभुवन विश्वविद्यालय योजना निर्देशनालयका प्रमुख रीदीश पोख्रेलले बताए । उनले भने, ‘सबै क्याम्पसबाट विद्यार्थीको संख्यात्मक डाटा आइपुगेको छैन, छिट्टै आउला ।’ यसअघि १५० क्याम्पसले १८ फागुन २०७३ मा भएको स्ववियु निर्वाचन सम्पन्न गराएका थिए ।
यसैबीच, स्ववियु निर्वाचनलाई मध्यनजर गर्दै त्रिभुवन विश्वविद्यालयले फर्जी विद्यार्थी भर्ना हुन नदिने बताएको छ । विद्यार्थी संगठनले स्ववियु निर्वाचनको समयमा फर्जी विद्यार्थी भर्ना गर्ने गरेको खबर बाहिर आइरहेका बेला त्रिविले यस्तो तयारी थालेको हो ।

त्रिविले यस वर्ष स्नातक तहको भर्ना कार्य सकिएको बताएको छ । स्नातकोत्तर तह अध्ययनका लागि भर्ना हुन चाहनेले अनिवार्य प्रवेश परीक्षा दिनुपर्ने त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका प्रमुख गंगाबहादुर थापा मगरले बताए । उनले भने, ‘हामी फर्जी विद्यार्थी भर्ना हुन दिदैनौं, इन्ट्रान्स दिएर पास भएका विद्यार्थी मात्रै भर्नाका लागि योग्य हुन्छन् ।’
यसैबीच, विद्यार्थी संगठनले त्रिविको निर्णय स्वागतयोग्य रहेको बताएका छन् । नेविसंघका उपाध्यक्ष पवन यादवले आफूहरू स्ववियु निर्वाचनमा जान तयार रहेको भन्दै जीवनोपयोगी शिक्षा आफूहरूको प्रमुख एजेन्डा रहने बताए । गुणस्तरीय शिक्षा पहिलो एजेन्डा रहेको नेविसंघका उपाध्यक्ष यादवको भनाइ छ ।

यस्तै, अखिलका केन्द्रीय उपाध्यक्ष रश्मी आचार्यले स्ववियु निर्वाचन हुनु स्वागतयोग्य विषय भएको बताए । अहिलेसम्म तत्कालीन नेकपा माओवादी र नेकपा एमालेबीच एकता भएको एक वर्ष बितिसक्दा पनि विद्यार्थी संगठनको नेतृत्व मिल्न सकेको छैन । अखिलका केन्द्रीय उपाध्यक्ष आचार्यले निर्वाचन हुनुअघि एकतासहित साझा उम्मेदवारी दिनेगरी तयारी भएको बताए । उनले प्राज्ञिक रूपमा विश्वविद्यालय सञ्चालन हुनुपर्ने, गरिब, जेहेनदार, पिछडिएका विद्यार्थीका लागि पूर्ण छात्रवृत्ति उपलब्ध हुनुपर्नेलगायतका एजेन्डा लिएर निर्वाचनमा जाने बताए ।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपानिकट अखिल क्रान्तिकारीले पनि आफ्नो संगठन स्ववियु निर्वाचनमा होमिने बताएको छ । संगठनका केन्द्रीय सचिवालय सदस्य कलम बडुवालले स्ववियु निर्वाचन समयमै हुनुपर्ने पक्षमा रहेको बताए । उनले शैक्षिक संस्थालाई सुदृढ गर्न स्ववियु निर्वाचन जरुरी रहेको समेत बताए । वैद्यनिकट अखिल क्रान्तिकारीले फर्जी विद्यार्थी भर्ना गरिए स्ववियु निर्वाचनमा नजाने बताएको छ । संगठनका संयोजक सेवन्तराज भण्डारीले त्रिविले निर्वाचनको कार्यतालिका तोक्नु स्वागतयोग्य भएको बताए । राजधानि दैनिकमा खबर छ ।