६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

नेविसंघ विघटनको संघारमा, स्ववियु निर्वाचनलाई असर पर्ने त हाेइन ?

नेविसंघ विघटनको संघारमा, स्ववियु निर्वाचनलाई असर पर्ने त हाेइन ?
अ+ अ-

नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको १२औं महाधिवेशन अनिश्चित भएपछि विघठनको संघारमा पुगेको छ । गत भदौमा म्याद सकिएको नेविसंघ केन्द्रीय समितिको म्याद महाधिवेशन गर्न भन्दै पटक पटक थप गरिदै आएको थियो ।
विधानलाई लत्याउदै पटक पटक म्याद थप गर्दा समेत १४ जिल्लाको भन्दा बढि अधिवेशन गर्न नसके पछि नेविसंघ केन्द्रीय समिति स्वतः विघठनको संघारमा पुगेको हो । महाधिवेशनको लागि लामो समय देउवा पक्ष र पौडेल पक्षको जुहारी नै चलेको थियो । विना तयारी र विधान विपरित नेविसंघको म्याद थप्दै जानु विधान विपरित मात्र नभई लोकतान्त्रिक प्रक्रियाकै माथिको प्रहारको रुपमा आलोचना भएको छ ।
“विधान विपरित नेविसंघको म्याद थप्दै जाने हो भने काँग्रेस केन्द्रीय समितिको म्याद नथपिएला भन्न सकिन्न” संस्थापन इतर पक्षका विद्यार्थी नेता मोति भण्डारीले भने । काँगे्रस महासमितिबाट सभापति देउवा र वरिष्ठ नेता पौडेलबीच डिप लभ भएको बताएपनि नेविसंघको सन्दर्भले फेरी शिर्ष तहमा झगडा निम्तिने देखिएको छ । सभापति देउवाले बहुमतबाट केन्द्रीय समितिमा ३२ वर्ष तोके पछि झगडा झाङ्गिदै गएको थियो ।
उमेर हदको निर्णयमा वरिष्ठ नेता पौडेल, नेताहरु कृष्ण प्रसाद सिटौला, अर्जुनरसिंह केसी, प्रकाशमान सिंहले असहमति जनाउँदै नोट अफ डिसेन्ट लेखेका थिए । पछिल्लो समय देउवाले भ्रातृ संगठनमा आफ्नो पकड गुमाउदै गएपछि सबै भन्दा शक्तिशाली भ्रातृ संगठन मानिने नेविसंघको महाधिवेशन नगर्ने निश्कर्षमा पुगेको देउवाका विरोधीको आरोप छ ।
पटक पटक वर्तमान नेविसंघ केन्द्रीय समितिको म्याद थप गर्ने र अनुकुल समयमा केन्द्रीय समिति भङ्ग गरि तदर्थ समिति गठन गर्ने तयारी रहेको देउवा निकट मानिने विद्यार्थी नेता सरोज थापाले वताए । अध्यक्ष नैनसिंह महरले महाधिवेशन गर्ने र स्ववियु निर्वाचनमा नेविसंघलाई जिताउन नसक्ने जिकिर गर्दै नेविसंघमा पार्टीले समयमै विकल्प खोज्नु पर्ने दावी गर्दछन् ।
अध्यक्ष नैनसिंह महरका कारण नेविसंघ लथालिङ्ग भएको, सदस्यता वितरण देखि कुनै गतिविधि गर्न नसकेको, स्ववियु निर्वाचनमा संगठनलाई जिताउन नसक्ने, देशमा जघन्य अपराधका घटना हुदा पनि आन्दोलन गर्न नसकेको, कुनै पनि क्याम्पसमा संगठन निर्माण नगरेको, शैक्षिक कालोबजारी देखि विद्यार्थीहरुको मुद्दामा चुकेको कारण महरको विकल्प खोज्न नेताहरु सहमत भएका हुन् ।
पार्टीले नयाँ समिति घोषणा गर्ने तयारी गरेपछि विद्यार्थी नेताहरुपनि नेतृत्व हत्याउन दौडधुपमा लागेका छन् ।
सभापति देउवा राजिव ढुङ्गाना, सरोज थापा, ऋषिकेशजङ्ग शाह, शुभराम बस्नेतलगायतले अध्यक्षको दावी गरेका छन् भने पौडेल पक्षबाट मनोजमणि आचार्य, हिमालदत्त श्रेष्ठ, मोति भण्डारी, दिपक भट्टराईलगायतका नेताहरु मुख्य आकांक्षी रहेका छन् । त्यसैगरी सिटौला पक्षबाट बलदेव तिमिल्सिना, युवराज पाण्डेय, कुन्दनराज काफ्लेलगायतले अध्यक्षको दावी गरेका छन् ।
नेविसंघ भित्रको अहिलेको अन्यौलताले आगामी फागुनमा हुन लागेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा समेत प्रत्यक्ष असर पर्ने देखिएको छ ।

सभामुख र प्रतिपक्षको आ आफ्नै अडानका कारण संसद बैठक आज पनि अन्यौलमा
प्रधानमन्त्रीको सम्वोधनपछि प्रश्न गर्न नपाएको भन्दै कांग्रेसको अवरोधका कारण स्थगित भएको प्रतिनिधि सभाको बैठक आजपनि अन्यौलमा परेको छ ।
काँग्रेस सांसदहरुलाई प्रश्न सोध्न नदिनु भएका सभामुख कृष्णबहादुर महरा र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस आ आफ्नै अडानमा रहेकाले आजको बैठक पनि संचालन हुनेमा अन्यौल रहेको छ ।
प्रधानमन्त्रीले सम्वोधन गरेपछि प्रश्न नगर्न नपाएको भन्दै जहाँबाट बैठक अवरोध भएको थियो त्यहीबाट बैठक सुरु गर्नु पर्ने अडान काँग्रेसले राखेको छ भने सभामुख महराले त्यसलाई अस्विकार गर्दै आउनु भएको छ ।
अघिल्लो बैठकमा सभामुखले सहमती र विधि प्रक्रिया उलंघन गरेकाले महराले माफी माग्नु पर्ने र आगामी दिनमा पेलेर जाने मानसिकता त्याग्नु पर्ने काँग्रेसको माग छ ।
सभामुख महराले भने माफी माग्ने त कुरै हुदैन, अगाडी बढीसकेको प्रक्रियामा फेरी फर्कन सकिदैन र यस पटक प्रश्नउत्तर गराउन सकिदैन, अर्को पटक देखि गराउला भन्नु भएको छ। उहाँको यही अडानका कारण अस्ती बसेको कार्यव्यवस्था परामर्श समितिको बैठक पनि अनिर्णीत भएको थियो ।
गत २२ गते बसेको बैठकमा प्रधानमन्त्रीको सम्वोधनपछि सांसदहरुले प्रश्न गर्न पाउने कानुनी व्यवस्था बमोजिम प्रश्न सोध्न नपाएको भन्दै काँग्रेसले अवरोध गरेपछि पनि सभामुख महराले बैठक चलाउनु भएको थियो ।
संसदको नियमावलीमा संसद अवरोध भएको अवस्थामा बैठक अगाडी बढाउन नमिल्ने व्यवस्था रहेको छ ।
२२ गतेको बैठकमा सभामुखले दुई, तीन चरणमा नियमावलीको उलंघन गरेको भन्दै पुर्वप्रधानमन्त्रीद्धय झलनाथ खनाल, बाबुराम भट्टराई, पुर्वसभामुख सुवासचन्द्र नेम्वाङलगायत अन्य पार्टीका नेताहरुले पनि महराको आलोचना गरेका छन् ।
काँग्रेस नेता गगन थापाले सभामुख महरा सत्तारुढ पार्टीको कार्यकर्ता र प्रधानमन्त्रीको आदेशपालक जस्तो भएको आरोप लगाउनु भएको थियो ।
यसैबीच संघीय संसद अन्तर्गतको राष्ट्रिय सभाको बैठक पनि आज विहान ११ बजेपछि बस्नेगरी बोलाइएको छ । यो बैठकलाई भने काँग्रेसले अवरोध नगर्ने काँग्रेसको राष्ट्रिय सभा तर्फका संसदीय दलका नेता सुरेन्द्र पाण्डेले जानकारी दिनुभयो ।