६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

यसरी भयो छाउगोठमा आमाछोराको मृत्यु

यसरी भयो छाउगोठमा आमाछोराको मृत्यु
अ+ अ-

काठमाडौं । बाजुराको बुढीनन्दा–९ भोगीचौरकी अम्बा बोहोरालाई महिनावारी भएको २ दिन भएका थियो। अघिल्लो दिनदेखि उनको बास छाउगोठमै थियो। सोमबार राति जाडोले साह्रै सताएको थियो। त्यसैले मंगलबार उनी दुई कलिला छोरालाई लिएर सुत्न गइन्। जाडो भगाउन उनीहरुले आगो पनि बाले। तर, दुई छोरालाई दुईतिर च्यापेर सुतेकी अम्बाले फेरि उज्यालो देख्न पाइनन्। निसास्एिर अम्बा र उनका दुई छोराको मृत्यु भएको अनुमान प्रहरीले गरेको छ।

३५ वर्षीया अम्बा बोहोरा, उनका छोराहरु नौ वर्षीय सुरेश र सात वर्षीय रमितको छाउगोठमा मृत्यु भएको प्रहरीले गरेको छ। सुरेश कक्षा ३ र रमित कक्षा एकमा पढ्थे। बुधबार बिहान घरसँगै जोडिएको छाउगोठमा उनीहरुको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

सासुले बिहान पाँच बजेतिर तीनै जनालाई मृत फेला पारेकी थिइन्। अम्बाका पति काशी बोहोरा भारतमा रोजगारी गर्छन्। घरमा सासु बिसु बोहरा र ससुरा कर्ण बोहरा बस्ने गरेको वडा अध्यक्ष खड्क बोहोराले बताए। जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख उद्धवसिंह भाटले घटनास्थल पुगेर अनुसन्धान गरिरहेको बताए। मृतकको पोस्टमार्टमका लागि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र लगिएको प्रहरीले जनाएको छ। घटनास्थल सदरमुकाम मार्तडी बाट ५ घण्टाको पैदल दूरीमा छ।

‘घटना हेर्दा निसास्सिएर मृत्यु भएको देखिन्छ,’ डीएसपी भाटले भने, ‘सोमबार राति छाउगोठमा सुत्दा अत्यधिक जाडो भएछ। अनि मंगलबार राति आगो बालेर कोठा न्यानो बनाएर सुतेछन्। कोठामा अक्सिजन अभाव भएर मत्यु भएको हुनसक्छ।’ गोठमा हावा छिर्ने ठाउँ नभएको जानकारी उनले दिए। पूर्ण रुपमा बन्द कोठामा आगो बाल्दा अक्सिजन सकिएर सुतेकै अवस्थामा मृत्यु हुनसक्ने चिकित्सक गणेश चौधरीले बताए।

आमा–छोराको मृत्यु भएको छाउगोठ।

डीएसपी भाटले मृतकका खुट्टामा जलेको घाउ देखिएको बताए। ‘उनीहरुले ओढेको कम्बल पनि अलिअलि जलेको छ, तीनै जनाको खुट्टा पनि अलिअलि जलेको छ,’ उनले भने। मौसम बदली भएसँगै पहाडमा हिमपात भएको छ। चिसो अत्यधिक बढेको छ। ‘आमा एक्लै सुत्दा जाडो हुन्छ भनेर बालबच्चा पनि उनीसँगै सुत्न छाउगोठमा गए,’ सासु–ससुराको भनाइ उद्धृत गर्दै वडा अध्यक्ष खड्क बोहराले भने। वडा अध्यक्ष बोहरा मृतक परिवारका नातेदार पनि हुन्।

बाजुरा जिल्लाका अधिकांश गाउँमा छाउपडी बार्ने प्रचलन छ। महिनावारीको बेला अविवाहितलाई ७ र विवाहितलाई कम्तीमा ५ दिन छाउगोठमा सुताउने गरिन्छ। यो कुप्रथा हटाउन अनेकौँ प्रयास भइरहेका छन्। तर त्यस्ता अभियान सफल हुन नसकेको वडा अध्यक्ष बोहोरा बताउँछन्। ‘गैससरकारी संस्था, स्थानीय तहले पनि छाउगोठको विरोध गरिरहेको छ। चेतनामूलक कार्यक्रमहरु चलिरहेका छन्,’ उनी भन्छन्, ‘हामी अनुगमनमा जाँदा सबैले घरभित्रै बस्छौं भन्छन्। तर, वास्तविकत फरक छ।’ वडा कार्यालयले अब भने सबै छाउगोठ भत्काउने बाचा पनि गरे। ‘अब हामी देखिएजति छाउगोठ भत्काउने अभियान सुरु गर्छौं,’ उनले भने। समाचार अन्नपूर्ण पोष्टमा छ ।