१४ भाद्र २०८३, आईतवार
,
Latest
राहत र पूर्वाधार सामग्री बोकेको चिनियाँ विमान काठमाडौ आईपुग्यो एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन, समस्या नरहेको जानकारहरूको भनाइ भोटेकोशी बाढी: २६१ पर्यटकको उद्धार, ३२० अझै सम्पर्कविहीन अमेरिकाद्वारा बाढीपीडितका लागि ३६ लाख डलरभन्दा बढी अतिरिक्त सहायता घोषणा भोटेकोशीमा पुनः बाढी, सतर्कता अपनाउन स्थानीय प्रशासनको आग्रह सवारीसाधन उपलब्ध गराउन निर्माण व्यवसायीको अपिल आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर विपदमा सेलिब्रेटीहरुको उद्धारको नाटक, त्रिशुलीपारि पुगेन सरकार बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजधानीमा जाडोका कारण दैनिक ६ जनाको मृत्यु



अ+ अ-
COOKIE2

काठमाडौं । काठमाडौंमा बढेको चिसोले कठ्यांग्रिएर दैनिक ६ जनाको मृत्यु हुने गरेको प्रहरी अनुसन्धानले देखाएको छ ।

मृत्यु हुनेमा विशेषगरी सडकमा बेवारिसे अवस्थाका वृद्धवृद्धा छन् । प्रहरीका अनुसार यो तथ्यांक काठमाडौं महानगरपालिकाआसपासका सडकपेटीमा बेवारिसे अवस्थामा रहेका वृद्धवृद्धाको मात्रै हो ।

यस्ता वृद्धवृद्धा काठमाडौंको सडकपेटीमा दुई सयको हाराहारीमा रहेको प्रहरीको दाबी छ ।

मन्दिर आसपासमा धेरै वृद्धवृद्धा
महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी राजेन्द्र पोखरेलले बढ्दो चिसोका कारण प्रत्येक वर्षको जाडोमा कक्रिएर दैनिक चारदेखि ६ जनाको मृत्यु हुने गरेको बताए ।

‘बढ्दो चिसोले सहरमै दैनिक चारदेखि ६ जनाको कक्रिएर मृत्यु हुन्छ । सडकपेटीका बेवारिसे वृद्धवृद्धाले चिसोका कारण मृत्युवरण गरिरहेका छन्,’ उनले भने, ‘विगत वर्षका तथ्यांकले यस्तै देखाउँछ ।’ प्रहरीका अनुसार काठमाडौं उपत्यकाका मन्दिरआसपासका क्षेत्रमा धेरै छन् । त्यसमा पनि भिख माग्ने वृद्धवृद्धाको संख्या धेरै छ । यो खबर नयाँ पत्रिका राष्ट्रिय दैनिक अखबारमा प्रकाशित छ।

मन्दिरआसपासका क्षेत्रमा भिख माग्ने कार्यमा वृद्धवृद्धा नै धेरै भएकाले जाडोले कक्रिएर मर्नेको संख्या यी क्षेत्रमा धेरै हुने गरेको प्रहरीको भनाइ छ ।

गृह मन्त्रालयको तथ्यांकअनुसार मुलुकभर चिसोले कक्रिएर प्रत्येक वर्ष ४८ जनाको मृत्यु हुने गरेको छ । मृत्यु हुनेमा विशेषगरी हिमाली र तराई क्षेत्रका विपन्नवर्गका नागरिक छन् । हिमाली क्षेत्रमा हिउँको चिसोले कठ्यांग्रिएर र तराईमा शीतलहरका कारण मृत्यु हुने गर्छ ।

बेवारिसे अवस्थामा भेटिएकी गर्भवतीको मृत्यु
सडकमा बेवारिसे अवस्थामा भेटिएकी अन्दाजी ३५ वर्षीया लक्ष्मी लामाको मृत्यु भएको छ । उपचारका क्रममा बिहीबार उनको थापाथलीस्थित प्रसूतिगृहमा मृत्यु भएको हो । उनको गर्भमा चार महिनाको शिशु रहेको प्रहरीले जानकारी दिएको छ ।

लामालाई महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले बुधबार क्षेत्रपाटीको सडकबाट उद्धार गरेको थियो ।

उनी मानसिक स्थिति बिग्रिएको अवस्थामा फेला परेकी थिइन् । प्रहरीका अनुसार उनको गर्भमा रहेको शिशु कसको भन्ने खुल्न सकेको छैन ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले लामाको मृत्यु निमोनियाका कारण भएको बताए ।

‘सडकमा रहेका बेवारिसे वृद्धवृद्धा उद्धार गर्ने क्रममा उनी फेला परेकी हुन् । उनको स्थायी परिचय खुल्न सकेको छैन । जाडोले कठ्यांग्रिएको अवस्थामा भेटिएकी उनी बिरामीझैँ देखिन्थिन्,’ बोगटीले भने, ‘उपचारका लागि अस्पताल लगेपछि उनी गर्भवती रहेको खुल्यो । चिसोका कारण निमोनियाले उनलाई गालिसकेको रहेछ । उपचारकै क्रममा मृत्यु भयो ।’ सडकबाट उद्धार गर्दा उनीसँग परिचय खुल्ने कुनै कागजात फेला नपरे पनि उनले आफ्नो नाम लक्ष्मी लामा बताउने गरेको प्रहरीले जनाएको छ ।

भक्तपुरमा दुईको मृत्यु

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार चिसोकै कारण यस वर्ष दुईजनाको मृत्यु भइसकेको छ । बेवारिसे अवस्थामा रहेका वृद्धवृद्धाको बर्सेनि मृत्यु भइरहने परिसरले जनाएको छ । ‘चिसोका कारण यसपटक दुईजनाको मृत्यु भएको छ । बेवारिसे व्यक्तिहरूको मृत्यु भने भइरहन्छन् । चिसोका साथै अन्य रोग पनि कारण रहेको छ,’ परिसर प्रमुख एसपी हिमालय श्रेष्ठले भने । प्रहरीका अनुसार ललितपुरमा भने चिसोका कारण मृत्यु भएको रिपोर्ट प्राप्त भएको छैन । ‘चिसोका कारण मृत्यु भएको घटना फेला परेको छैन । तर, बेवारिसे अवस्थाका व्यक्तिहरूको भने मृत्यु भइरहने गरेको पाइएको छ,’ ललितपुर परिसर प्रवक्ता एसपी शेखर खनालले भने ।

२० जना वृद्धवृद्धालाई उद्धार गरी वृद्धाश्रममा राखियो
काठमाडौंमा जाडोले कक्रिएर मर्नेको संख्या बढेपछि प्रहरीले सडकपेटीमा बेवारिसे अवस्थामा रहेका वृद्धवृद्धाको तथ्यांक संकलन गरी उनीहरूलाई वृद्धाश्रममा लैजान थालेको छ ।

एक सातायता प्रहरीले स्वयम्भू, पशुपति, संकटालगायतका मन्दिर क्षेत्रबाट २० जना वृद्धवृद्धालाई विभिन्न वृद्धाश्रममा बुझाएको छ । उनीहरूलाई कालिमाटीस्थित दिलशोभा श्रेष्ठले सञ्चालन गरेको आमाघर, गोंगबुको हिमाल वृद्धाश्रम र लैनचौरको वरिष्ठ नागरिक समाज वृद्धाश्रममा राखिएको छ ।

प्रहरीका अनुसार उनीहरूलाई आवश्यक कपडा, खाद्यान्नदेखि नित्यकर्मका सामग्री लायन्स क्लबले उपलब्ध गराएको छ । प्रहरीका अनुसार काठमाडौंमा अहिले यस खालका ५३ वृद्धाश्रम छन् जसमा नौ सय २४ वृद्धवृद्धा आश्रित छन् । काठमाडौंका वृद्धाश्रमको क्षमता एक हजार दुई सय ९२ छ ।