६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

‘धाम सुकाउनु पाप हो’

‘धाम सुकाउनु पाप हो’
अ+ अ-

बेत्रावती । “धाम सुकाउनु भनेको पाप हो,” सयौं हस्ताक्षरको बीचमा कृष्ण दर्जीले उक्त वाक्य लेखेर बेत्रावती (उत्तरगया) जोगाउने अभियानमा ऐक्यबद्धता जनाउँदै सेतो कपडामा हस्ताक्षर गर्नुभयो ।
कल्पना दर्जीले पनि हस्ताक्षर गरेर अभियानमा समर्थन जनाउनुभयो । “यस्ता धरोहरलाई जोगाउन सबै एकजुट हुनुपर्छ” दर्जीले थप्नुभयो । पुसे औँंसीका दिन तीर्थयात्रीले भरिभराउ बेत्रावतीको तीन ठाउँमा चलाइएको अभियानमा हस्ताक्षर गर्नेहरुको भिडभाड थियो । नजिकै बन्न लागेको जलविद्युत् आयोजनाका कारण धार्मिक, ऐतिहासिक र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिने रसुवा र नुवाकोटको सङ्गमस्थल बेत्रावती (उत्तरगया)को अस्तित्व खतरामा पर्ने भन्दै बचाउनका लागि स्थानीयवासीले विभिन्न अभियान चलाउँदै हारगुहार गरेका छन् ।

बेत्रावतीको केही माथिबाट पानी लगेर जलविद्युत् आयोजना निर्माण गर्दा बेत्रावतीमा पानी सुक्ने भएकाले हिन्दू र बौधमार्गीको पवित्र तीर्थस्थल उत्तरगया प्रभावित हुने स्थानीयवासीको धारणा छ ।

खोलो सुकाउन नहुनेमा सबै एकमत देखिछन् । सङ्घर्ष समिति बनाएर स्थानीयवासीले धामको पक्षमा हस्ताक्षर अभियान चलाएका छन् । डोको नाम्लो बोकेर धाम आइपुगेका तीर्थयात्रीले अभियानमा ऐक्यबद्धता जनाउँदै हस्ताक्षर गरेका थिए । सङ्कलित हस्ताक्षर सरकारलाई बुझाउने बताइएको छ ।

यसअघि त्रिशूलीमा बनेका कुनै पनि आयोजनाको विरोध नगरेको तर धार्मिक सम्पदामै आँच आउने काम हुन लागेकाले बाध्य भएर विरोध गर्नुपरेको उत्तरगया बचाउ सङ्घर्ष समितिका अध्यक्ष ओमप्रकाश घिमिरेले बताउनुभयो । “हामी विकास विरोधी होइनौँ, सम्पदा बचाउन लागेका हौँ, धार्मिक धाम मार्न हुन्न, कुनैपनि हालतमा वेत्रावती सुक्ने गरी जलविद्युत् आयोजना बनाउन दिँदैनौँ,” संयोजक घिमिरेले भन्नुभयो ।

स्थानीयवासी कृष्णप्रसाद आचार्यले विश्वको चारधाममध्येको एक धाम उत्तरगया भएकाले तीर्थमा आक्रमण नगर्न आग्रह गर्नुभयो । उहाँले पानी नभए त्रिवेणी धामको महत्व नै नरहने जिकिर गर्दै यसलाई जोगाउन सरकारसँग अग्रह गर्नुभयो ।

विसं १८४९ असोजमा नेपाल–तिब्बत सन्धि भएको स्थानका कारण बेत्रावतीको ऐतिहासिक महत्व छ । गोसार्इंकुण्डबाट बग्ने त्रिशूली, भैरव कुण्डबाट आउने रुद्र गङ्गा र त्यहीँ महादेवले बेतको लौरो गाड्दा उत्पन्न भएको बेत्रगङ्गाको सङ्गम उत्तरगया ९बेत्रावती० लाई कुनै तहरबाट पनि खतरा पैदा गराउने काम सहन नसकिने सङ्घर्ष समितिका सहसंयोजक शिवप्रसाद लामिछानेले उल्लेख गर्नुभयो ।

। हजारौँ हिन्दू र बौधमार्गीले एकै ठाउँमा एकै साथ पितृ तर्पण ९श्राद्ध० गर्ने नेपालकै उच्च धाम हो बेत्रावती । रसुवाको उत्तरगया गाउँपालिकाका अध्यक्ष उपेन्द्र लम्साल तिब्बतसँग सन्धि भएको ऐतिहासिक र शिवले बेतको लौरो गाडेर पानी निकालेको धार्मिक क्षेत्र र हिन्दू र बौद्धमार्गीको आस्थाको धरोहरलाई जोगाउनु सबैको कर्तव्य भएको उल्लेख गर्नुभयो ।

उहाँले उत्तरगयालाई असर पार्ने कुनैपनि आयोजना निर्माण गर्न नदिने गाउँपालिकाले निर्णय नै गरिसकेको बताउनुभयो । बेत्रावतीमा स्नान गरे पाप बन्धनबाट मुक्त हुने, दुःख नाश हुने र स्नान गरी भोजन गरेमा मुक्तिको भागी भइन्छ भन्ने जनविश्वास छ ।

जप र होम गरेमा वाराणासीको चन्द्रायण व्रत गरे सरहको फल पाइन्छ र देव र पितृलाई खुशी तुल्याउन बेत्रावती श्रेष्ठ तीर्थस्थल हो, भनेर पुराणमा उल्लेख रहेको पण्डित बताउँछन् । यति महत्वपूर्ण क्षेत्रलाई जोगाउनु पर्ने मत उनीहरुको छ ।

रसुवाका प्रतिनिधिसभा सदस्य मोहन आचार्य रसुवाका जनताले खोजेको कुरामा आफ्नो साथ रहेको उल्लेख गर्दै अन्य ठाउँमा जलविद्युत् आयोजना बनाए पनि धार्मिक क्षेत्रलाई अतिक्रमण गर्न नहुने बताउनुहुन्छ । “धार्मिक पर्यटनले पनि पैसा आर्जन हुन्छ । भन्ने कुरा सरकारले भुल्यो, जलविद्युत्ले मात्रै आम्दानी बढाउने होइन” आचार्यले भन्नुभयो ।

प्रदेशसभा सदस्य प्रेम तामाङले उत्तरगया बचाउन कोट र सांसदको लोगो खोलेर सडकमा आउने चेतावनी दिनुभयो । परफेक्ट डेभलभमेन्ट इनर्जी प्रालिले यहाँको अक्करे भन्ने स्थानमा १९ दशमलव ४१ मेगावाटको मध्य त्रिशूली गङ्गा जलविद्युत् आयोजना बनाउन लागेको छ ।

प्रारम्भिक काम सकेर अहिले बैंकिङ प्रक्रियामा रहेकाले आगामी तीन महीनाबाट फिल्डमै काम थाल्ने आयोजनाले जनाएको छ । रु पाँच अर्बको लागतमा निर्माण हुने सो आयोजना त्रिशूली ३ बी बाट खसेको पानीलाई बाँध बाँधेर तीन हजार ४०० मिटर तल अक्करेमा विद्युत् गृह बनाइने छ ।

उत्तरगया क्षेत्र विकास समितिका अध्यक्ष शिवशङ्कर डङ्गोल एकातर्फ बेत्रावती संरक्षणका लागि राज्यले करोडौंँ विनियोजन गर्ने, अर्का तर्फ जलविद्युत् आयोजना बनाउन दिएर अस्तित्व खतरामा पार्ने काम भएको बताउनुहुन्छ । आयोजना बनाउनु हुँदैन भनेर ऊर्जा मन्त्रालय र विद्युत् प्राधिकरणलाई समेत ध्यानाकर्षण गराइसकेको उहाँको भनाइ छ । स्थानीयवासीले गएको सात वर्षदेखि विरोध गर्दै आए पनि सुनुवाइ नभएको उहाँले बताउनुभयो ।

परफेक्ट डेभलभमेन्ट इनर्जी प्रालिका अध्यक्ष भरत खड्काले उत्तरगयाको विकासमा कुरा उठाउने र गुरुयोजना निर्माण गरेर विकास गर्न लागेको मान्छे आफैँ भएको दाबी गर्दैै बेत्रावती सुकाउने भन्ने हुनै नसक्ने बताउनुहुन्छ । फलाखु र सुकौरे खोलाको पानी यथावत् रहने भएकाले पनि कुनै समस्या नपर्ने उहाँको भनाइ छ ।

आवश्यक परे विज्ञ खोजेर कति पानी चाहिन्छ त्यसको मूल्याङ्कन गर्न सकिने तर्क खड्काको छ । आवश्यक पर्दा विद्युत् गृह नै बन्द गर्न समेत सकिने उल्लेख गर्दै खड्काले भन्नुभयो, “इतिहासले सराप्ने काम गरिँदैन ।” उहाँले अन्य कारण विरोध भएको हुन सक्ने सङ्केत गरेपनि के कारण भनेर खुलाउनु भएन । यस आयोजनाभन्दा माथि एक दर्जन बढी जलविद्युत् आयोजना रहेको छ ।