९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

कवि न्यौपानेको ‘आलोक यात्रा’ सार्वजनिक

कवि न्यौपानेको ‘आलोक यात्रा’ सार्वजनिक
अ अ+ अ-

काठमाडौँ : कवि डा केदार न्यौपानेको आत्मकाव्य ‘आलोक यात्रा’ नामक कृति सार्वजनिक भएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य प्रा दिनेशराज पन्तले आज यहाँ आयोजित कार्यक्रममा उक्त कृतिको विमोचन गर्नुभयो ।

सात अध्यायमा विभाजित कृतिमा कवि न्यौपानेको जन्मथलो भोजपुर (गोगने) देखि कर्म आरम्भ गरेको दिला हँुदै धरान तथा काठमाडौँसम्मको शैक्षिक यात्रा र संघर्षका अनुभूतिलाई विम्बको रुपमा प्रस्तुत गरिएको छ ।

दैवज्ञराज न्यौपाने प्रतिष्ठानले प्रकाशनमा ल्याएको कृतिमा लेखकले दाजु चर्चित कवि दैवज्ञराज न्यौपानेको प्रेरणा, गोगनेको पाठशालाका आदिलाई झल्काउनुभएको छ ।

यो काव्यमा पृष्ठभूमि, आरम्भ, उठान, उन्नयन, विस्तरण, सम्प्रेषण र सश्लेषण गरी सात अध्याय तथा ४५२ श्लोक समेटिएको छ । ‘४५२ उपजाति छन्दका र सात शार्दूलविक्रीडित छन्दका श्लोकहरु प्रयोग गरी लेखिएको काव्यलाई संस्कृत काव्यशास्त्रको वर्गाीकरणका आधारमा हेर्दा खण्ड काव्य भन्न सकिन्छ’ भनेर डा माधवप्रसाद पोखरेलले पुस्तकको भूमिकामा उल्लेख गर्नुभएको छ ।

सो अवसरमा प्राज्ञ प्रा पन्तले न्यौपानेको वौद्धिकता र व्यावहारिक अनुभूति झल्किने कृति नेपाली साहित्यको क्षेत्रमा महत्वपूर्ण सिर्जना थपिएको बताउनुभयो ।

राष्ट्रिय योजना आयोगका पूर्वसदस्य प्रा डा शिवकुमार राईले कवि दैवज्ञराज न्यौपानेको कृतिको संरक्षणमा सबै बौद्धिक समुदाय सक्रियताका साथ लाग्नुपर्नेमा जोड दिनुभयो ।

कृतिको समीक्षा गर्दैै प्रा डा बद्रीविशाल भट्टराईले न्यौपानेको आत्मकाव्य आलोक यात्राले कविको जन्मथलो, पारिवारिक पृष्ठभूमि, मावलीघरमा विताएको पललाई सटिक र सरल ढङ्गले प्रस्तुत गरिको कृति पाठकका लागि सान्दर्भिक छ भन्नुभयो ।

लेखक न्यौपानेले दाजु कवि दैवज्ञराज न्यौपानेको सिर्जनाको सस्मरणलाई पनि कृतिले समेटेको उल्लेख गर्नुभयो ।

साहित्यिक काव्यका हिसाबले न्यौपानेको यो पहिलो कविता हो । यसअघि उहाँका ‘सपना देख्नेहरुका लागि’ गद्य कविता सङ्ग्रह, ‘हिउँको छायामुनि‘ गीति कविता सङ्ग्रह,‘चिरन्तन’ छन्दोवछ कविता सङग्रह,‘ट्याम्केको काख’ कविता सङग्रह आदि कृति प्रकाशित छन् ।

कवि दैवज्ञराज न्यौपानेको स्मरण

दैवज्ञराज न्यौपानेको साताँै स्मृति दिवसको अवसरमा प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा उपस्थित बुद्धिजिवी तथा कविहरुले साहित्यक अभिव्यक्तिका साथ कवि दैवज्ञराज न्यौपानेको स्मरण गरे ।

कवि न्यौपानेप्रति सद्भाव र उहाँका साहित्यिक पाटोलाई उजागर गर्ने विभिन्न कविता कविहरुले लयात्मक रुपमा प्रस्तुत गर्नुका साथै नेपाली साहित्यको क्षेत्रमा न्यौपानेको योगदानको समीक्षा गरिएको थियो ।

प्रा डा जीवन अधिकारी, डा मधुसुधन लामिछाने, डा विष्णु राई, डा लक्ष्मीकान्त पन्थी, डा बुलन्द थापा, रत्नराज्य माविका प्राचार्य डा गीता सिवाकोटी (खरेल), लक्ष्मण सापकोटालगायतले दैवज्ञराज न्यौपानेसम्बन्धी कविताको भावद्वारा श्रद्धासुमन व्यक्त गर्नुभएको थियो ।