२३ आश्विन २०८१, बुधबार
,
Latest
अर्थमन्त्री पौडेलद्वारा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगका पदाधिकारीलाई नियुक्ति पत्र प्रदान गौशालास्थित धर्मशाला संरक्षण गर्न खोज्दा प्रहरीले अबरोध गरेको भन्दै मेयर बालेनको आक्रोश भक्तपुरमा आज घरघरमा फूलपाती भित्र्याइयो प्रधानमन्त्री ओली र सभापति देउवाद्वारा ‘होलिडे इन रिसोर्ट’ को उद्घाटन टिकाभैरवका सय घरधुरी बाढी पीडितलाई राहत वितरण मोबाइलको लतबाट हटाउन बालबालिकालाई ‘फन पार्क’ फूलपातीदेखि चितवन निकुञ्जभित्र जीप सफारी दसैँ अविधमा यस्तो छ मौसम बेकर, जम्पर र हसाबिस रसायनशास्त्रतर्फको नोबेल पुरस्कारबाट सम्मानित गौशाला धर्मशालामा काठमाडौं महानगरले राख्यो बोर्ड
तपाईं के खोज्दै हुनुहुन्छ ?

कवि न्यौपानेको ‘आलोक यात्रा’ सार्वजनिक



अ+ अ-

काठमाडौँ : कवि डा केदार न्यौपानेको आत्मकाव्य ‘आलोक यात्रा’ नामक कृति सार्वजनिक भएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य प्रा दिनेशराज पन्तले आज यहाँ आयोजित कार्यक्रममा उक्त कृतिको विमोचन गर्नुभयो ।

सात अध्यायमा विभाजित कृतिमा कवि न्यौपानेको जन्मथलो भोजपुर (गोगने) देखि कर्म आरम्भ गरेको दिला हँुदै धरान तथा काठमाडौँसम्मको शैक्षिक यात्रा र संघर्षका अनुभूतिलाई विम्बको रुपमा प्रस्तुत गरिएको छ ।

दैवज्ञराज न्यौपाने प्रतिष्ठानले प्रकाशनमा ल्याएको कृतिमा लेखकले दाजु चर्चित कवि दैवज्ञराज न्यौपानेको प्रेरणा, गोगनेको पाठशालाका आदिलाई झल्काउनुभएको छ ।

यो काव्यमा पृष्ठभूमि, आरम्भ, उठान, उन्नयन, विस्तरण, सम्प्रेषण र सश्लेषण गरी सात अध्याय तथा ४५२ श्लोक समेटिएको छ । ‘४५२ उपजाति छन्दका र सात शार्दूलविक्रीडित छन्दका श्लोकहरु प्रयोग गरी लेखिएको काव्यलाई संस्कृत काव्यशास्त्रको वर्गाीकरणका आधारमा हेर्दा खण्ड काव्य भन्न सकिन्छ’ भनेर डा माधवप्रसाद पोखरेलले पुस्तकको भूमिकामा उल्लेख गर्नुभएको छ ।

सो अवसरमा प्राज्ञ प्रा पन्तले न्यौपानेको वौद्धिकता र व्यावहारिक अनुभूति झल्किने कृति नेपाली साहित्यको क्षेत्रमा महत्वपूर्ण सिर्जना थपिएको बताउनुभयो ।

राष्ट्रिय योजना आयोगका पूर्वसदस्य प्रा डा शिवकुमार राईले कवि दैवज्ञराज न्यौपानेको कृतिको संरक्षणमा सबै बौद्धिक समुदाय सक्रियताका साथ लाग्नुपर्नेमा जोड दिनुभयो ।

कृतिको समीक्षा गर्दैै प्रा डा बद्रीविशाल भट्टराईले न्यौपानेको आत्मकाव्य आलोक यात्राले कविको जन्मथलो, पारिवारिक पृष्ठभूमि, मावलीघरमा विताएको पललाई सटिक र सरल ढङ्गले प्रस्तुत गरिको कृति पाठकका लागि सान्दर्भिक छ भन्नुभयो ।

लेखक न्यौपानेले दाजु कवि दैवज्ञराज न्यौपानेको सिर्जनाको सस्मरणलाई पनि कृतिले समेटेको उल्लेख गर्नुभयो ।

साहित्यिक काव्यका हिसाबले न्यौपानेको यो पहिलो कविता हो । यसअघि उहाँका ‘सपना देख्नेहरुका लागि’ गद्य कविता सङ्ग्रह, ‘हिउँको छायामुनि‘ गीति कविता सङ्ग्रह,‘चिरन्तन’ छन्दोवछ कविता सङग्रह,‘ट्याम्केको काख’ कविता सङग्रह आदि कृति प्रकाशित छन् ।

कवि दैवज्ञराज न्यौपानेको स्मरण

दैवज्ञराज न्यौपानेको साताँै स्मृति दिवसको अवसरमा प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा उपस्थित बुद्धिजिवी तथा कविहरुले साहित्यक अभिव्यक्तिका साथ कवि दैवज्ञराज न्यौपानेको स्मरण गरे ।

कवि न्यौपानेप्रति सद्भाव र उहाँका साहित्यिक पाटोलाई उजागर गर्ने विभिन्न कविता कविहरुले लयात्मक रुपमा प्रस्तुत गर्नुका साथै नेपाली साहित्यको क्षेत्रमा न्यौपानेको योगदानको समीक्षा गरिएको थियो ।

प्रा डा जीवन अधिकारी, डा मधुसुधन लामिछाने, डा विष्णु राई, डा लक्ष्मीकान्त पन्थी, डा बुलन्द थापा, रत्नराज्य माविका प्राचार्य डा गीता सिवाकोटी (खरेल), लक्ष्मण सापकोटालगायतले दैवज्ञराज न्यौपानेसम्बन्धी कविताको भावद्वारा श्रद्धासुमन व्यक्त गर्नुभएको थियो ।