१९ मंसिर २०८२, शुक्रबार
,
Latest
मुस्ताङ भन्सारमा चार अर्ब ४१ करोड बढी राजस्व सङ्कलन कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो एनपीएलः जनकपुरलाई हराउँदै लुम्बिनी प्लेअफमा उपराष्ट्रपति यादवसँग सार्क महासचिवको शिष्टाचार भेट महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन कांग्रेसको कलहः होला त पुसमा महाधिवेशन ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्यानपावरको धरौटी घटाउन संशोधन दर्ता



अ+ अ-

काठमाडौँ । बैदेशिक रोजगार व्यवसायीहरूले केही नेपाल ऐन संशोधनमार्फत् सरकारले प्रस्ताव गरेको कम्पनीको धरौटी र बैङ्क ‘ग्यारेन्टी’ रकम कम गर्न लबिङ गरिरहेका बेला सांसद्हरूले पनि माग अनुकूल हुने गरी संशोधन प्रस्ताव दर्ता गरेका छन् ।
केही नेपाल ऐन संशोधन विधेयकमा दुई सांसद्ले सरकारले प्रस्ताव गरेको धरौटी रकम घटाउन माग गरेका छन् । विधेयक अहिले दफाबार छलफलका क्रममा कानून तथा मानव अधिकार समितिमा विचाराधीन छ ।

सरकारले कामदार पठाउने लक्ष्यका आधारमा धरौटी रकम निर्धारण गरेको छ । कति कामदार पठाउनका लागि इजाजत लिने भन्ने सम्बन्धित् कम्पनीमा नै निर्भर गर्छ । कामदार पठाउन राख्ने लक्ष्यका आधारमा सरकारले धरौटी र बैङ्क ग्यारेन्टी तय गरेको छ ।
धरौटी घटाउने पक्षमा काँग्रेस सांसद् प्रकाश रसाइली स्नेही र संघीय समाजवादी फोरम नेपालका प्रदीप यादवले संशोधन दर्ता गरेका हुन् ।
यस्तै, काँग्रेसकै लक्ष्मी परियारले धरौटी रकम बढाउँदा रकम जम्मा गर्नका लागि एक वर्ष समय थप गर्नुपर्ने संशोधन प्रस्ताव दर्ता गराएकी छिन् । नेपाल मजदुर किसान पार्टीका सांसद् प्रेम सुवालले भने बैदेशिक रोजगार कम्पनीको इजाजत नै बन्द गर्नुपर्ने प्रस्ताव गरेका छन् ।
सरकारले हाल कायम रहेको धरौटी रकम बढाएर धरौटी रकम दुई करोड रुपियाँसम्म र बैङ्क ग्यारेन्टी चार करोड रुपियाँसम्म पु¥याउने प्रस्ताव गरेको छ । कम्पनी स्थापनका लागि निवेदन प्राप्त भएमा पाँच हजारसम्म कामदार पठाउने लक्ष्य राखेको कम्पनीसँग धरौटी एक करोड र बैङ्क ग्यारेन्टी दुई करोड रुपियाँ पु¥याउन प्रस्ताव गरिएको छ । यस्तै, वार्षिक पाँच हजारभन्दा बढी कामदार पठाउने उद्देश्यसहित इजाजत माग गरेको कम्पनीको हकमा धरौटी दुई करोड र बैङ्क ग्यारेन्टी चार करोड रुपियाँ प्रस्ताव गरिएको छ । आजको गोरखापत्र दैनिकले खबर छापेको छ ।