५ आश्विन २०८१, शनिबार
,
Latest
काँग्रेसले युवा पुस्तालाई नेतृत्वमा ल्याउनुपर्छः डा. शशांक कोईराला अबको निर्वाचनबाट एमाले निर्णायक शक्ति बन्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी देउवाको दाबीः काँग्रेस–एमाले गठबन्धनबाट जनता खुशी र आनन्दित छन् देशलाई आर्थिक सङ्कटबाट जोगाउन कांग्रेस–एमालेको सरकार बनेको होः सञ्चारमन्त्री गुरुङ मधेस प्रदेशमा पनि बन्यो गल्फ मैदान मुलुकमा बेइमानहरु बढ्दै गएः सभापति पोखरेल प्रत्यक्ष निर्वाचित राष्ट्रपति र समानुपातिक निर्वाचन प्रणाली चाहिन्छः अध्यक्ष दाहाल सय भन्दा बढी युक्रेनी ड्रोन खसालेको रूसको दाबी पोखरामा डेङ्गी सङ्क्रमण, एक महिनामा छ गुणाले वृद्धि अमेरिकी राष्ट्रपति बाइडेन र अष्ट्रेलियाका प्रधानमन्त्री अल्बनिजबीच भेटवार्ता
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

ल हेर्नुहोस २०७६ सालको पात्रो यस्तो आयो, कस्तो छ वर्ष ? विदा कति घटबढ भयो ?



अ+ अ-

काठमाडौं । पञ्चाङग निर्णायक समितिले २०७६ सालको पात्रो तयार गरेको छ । समितिको ६ दिन अघि बसेको बैठकले पात्रो तयार गर्ने निर्णय गरेको हो ।

पात्रो अनुसार २०७६ सालको दशै असोज १२ गतेदेखि शुरु हुने भएको छ । बिसं २०७५ सालको तुलनामा आगामी वर्षको दशै १२ दिन अघि परेको छ ।
पात्रो अनुसार १८ गते फुलपाती ,१९ गते महाअष्टमी, २० गते महानवमी र असोज २१ गते विजयादशमी परेको छ ।

तिहार कातिक १० गतेदेखि शुरु हुने भएको छ । १० गते लक्ष्मीपुजा, ११ गते गोवर्धन र म्ह पुजा र १२ गते भाइटीका रहेको पञ्चाङ निर्णायक समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमले जानकारी दिनुभयो ।

कातिक १६ गते छठ परेको छ । बैशाख २१ गते मातातीर्थ औशी, २४ गते अक्षय तृतीया, जेठ ४ गते बुद्धजयन्ती, साउन २० गते, नागपञ्चमी ३० गते र जनैपुर्णिमा भदौ ५ गते परेको छ ।

आगामी वर्ष भदौ ६ गते कृष्ण जन्माष्टमी र सुदुरपश्चिममा मनाइने गौरा पर्व एकै दिन परेको छ । तर सुदुरपश्चिमका मानशखण्ड पञ्चाङग निर्णायक समितिले भदौ २० गते गौरापर्व उल्लेख गरेर पात्रो सार्वजनिक गरेको समितिले जनाएको छ ।

पात्रो निकाल्यौ, सरकारले बिदाको निर्णय पछि गर्ला : समिति

आगामी वर्ष गौरा पर्व कहिले मनाउने भन्ने विषयमा विवाद देखिएको छ । तर समितिका अध्यक्ष प्राडा गौतमले विद्धानहरुले महिनौ अध्ययन गरेर निकालेको साइत नै मान्य हुने दाबी गर्नुभएको छ ।

उहांले भन्नुभयो– भदौ ६ गते गौरापर्व र कृष्णजन्माष्टमी हो, यसमा दुविधामा पर्नुपर्ने छैन ।

आगामी वर्ष ३० दिन विवाहको साइत रहेका छन् । ब्रतबन्धको साइत १२ दिन रहेको छ । अधिकांश विवाह हुने महिनामा धेरै साइत रहेको समितिका अध्यक्ष गौतमले जानकारी दिनुभयो । उहाका अनुसार वृहस्पति र शुक्र नअस्ताएका कारण विवाहको अधिकांस महिनामा विवाहको साइत रहेको हो ।

गृह मन्त्रालयले विदाको सूचना जारी नगरेपनि निर्णायक समितिले माघ १७ गते पात्रो सार्वजनिक गर्ने गरी विभिन्न १३ संस्थालाई छपाई स्विकृति दिएको छ ।
‘हामीले निर्णय गरेर गृह मन्त्रालयलाई पठाइसकेका छौ, मन्त्रालयले निर्णय गरेपछि मात्रै नयाँ वर्षको क्यालेण्डर सार्वजनिक हुनेछन’–पञ्चाङग निर्णायक समितिका अध्यक्ष प्राडा गौतमले भन्नुभयो ।

उहाले विदेशमा रहने नेपाली र अन्य निकायले तालिका सार्वजनिक गर्न आग्रह गरेपछि पात्रो सार्वजनिक गरेको दावी गर्नुभयो । उहाले सरकारले विदाको सूचना जारी नगरेपनि पात्रो निकाल्ने कामलाई नरोकेको जानकारी दिनुभयो ।
उहांले भन्नुभयो–हामी सरकारको विदा दिने नदिने वास्तै गर्दैनौ, विदाको विषयमा समितिले कुनै चासो दिएको छैन । समितिले पञ्चाङको सम्पूर्ण विवरण सहित हामीले सबै तिथि, मिति उपलब्ध गराइसकेको छ ।

समितिले आगामी वर्षका लागि १३ संस्थालाई पात्रो छाप्न स्विकृत दिइसकेको छ । समितिले सिद्धिलक्ष्मी, तोयानाथ, हिमाल, अठोला, तारकेश्वर, सुर्य, आकाश दर्शन, वगलामुखी, शुभ, वावा गोरखनाथ, किर्ति र सिद्धी संस्थालाई पात्रो छाप्न स्विकृत दिएको अध्यक्ष गौतमले जानकारी दिनुभयो । समाचार नेपाल समाचारपत्रमा छ ।