१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

डरलाग्दो राजधानीः बासिन्दा प्रदूषणले निम्त्याएका घातक परिणामको सिकार बन्दै



अ+ अ-

काठमाडौं । घाम लागे धुलो, पानी परे हिलो ! राजधानीको सडकको अवस्था हो यो । काठमाडौं उपत्यकाको समग्र वातावरणको व्याख्या जति लामो छ उति भयावह पनि । संविधानले आमनागरिकलाई स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार सुनिश्चित गरेको छ । तर राजधानी वायु प्रदूषणले आक्रान्त बन्दै गइरहेको छ । यहाँका बासिन्दा त्यही प्रदूषणले निम्त्याएका घातक परिणामको सिकार बनिरहेका छन् ।

वीर अस्पतालका नाक, कान, घाँटी रोग विशेषज्ञ डा. ढुण्डिराज पौडेलसमक्ष पछिल्लो समय सबैभन्दा बढी प्रदूषणकै कारण बिरामी परेका मानिस पुग्ने गरेका छन् । दैनिक आफूले परीक्षण गर्ने १० देखि १५ जना बिरामीमा प्रदूषणकै असर बढी देखिने गरेको उनी बताउँछन् ।
‘कोही घाँटी चिलाउने समस्या लिएर आउँछन्, कोही लामो समय नाक बन्द हुने समस्या लिएर आउँछन् । उनीहरूको समस्या एउटै कारणले निम्तिएको हुन्छ’, डा। पौडेल भन्छन्, ‘कसैलाई धुलोधुवाँको कारण एलर्जी भएको हुन्छ भने कसैलाई यही कारणले पुरानो समस्या बल्झिएको हुन्छ ।’यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।