६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

चार बर्षपछि पुनःनिर्माणले गति लिन थालेको धरहराको काममा स्थानीयको अवरोध



अ+ अ-

काठमाडौं । भूकम्प गएको चार बर्षपछि पुनःनिर्माणले गति लिन थालेको धरहराको काम अवरुद्ध भएको छ ।

पैदलमार्ग खुलाउनुपर्ने र सुन्धारा संरक्षण गर्नुपर्ने लगायतका माग राख्दै शुक्रबार बिहान स्थानीय वासिन्दाले काममा अवरोध गरेका हुन् ।

धरहरा निर्माण प्रोजेक्टका म्यानेजर श्यामचन्द्र श्रेष्ठका अनुसार हाल निर्माणको काम करिब १३ प्रतिशत सकिएको छ ।

श्रेष्ठले स्थानीयको अवरोधका कारण काम गर्ने वातावरण नभएकाले काम बन्द भएको बताए ।

स्थानीयले विगत ६ महिनायता आफूहरुलाई आवात जावतका लागि सहज बनाउन पैदलमार्ग खुलाउनुपर्ने माग गर्दै आएका थिए ।

उनीहरुले धरहरा निर्माण गर्दा ऐतिहासिक सम्पदा सुन्धाराको संरक्षण गर्न पनि दवाव दिँदै आएका छन् ।