२० फाल्गुन २०८१, मंगलवार
March 4, 2025 Tuesday

11.27°C

काठमाडौं

11.27°C

Kathmandu

Feels-like: 10.59

Wind: 1.03

Humidity: 82

तपाईं के खोज्दै हुनुहुन्छ ?

सात करोड राजस्व हिनामिना गरेको नासु फरार



अ+ अ-

काठमाडौं । सात करोडभन्दा धेरै राजस्व हिनामिना गरेर मालपोतका नायब सुब्बा फरार भएका छन् । नासु मदनकुमार गुप्ता मालपोत कार्यालय कलैया र सिमराबाट सात करोड नौ लाख ५७ हजार ६ सय ६० रुपैयाँ सरकारी राजस्व उठाएर फरार भएका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुप्ताविरुद्ध तीन मुद्दा दायर गरेको छ । तर, पक्राउ गर्न भने सकेको छैन । गत फागुनदेखि उनी फरार छन् ।

मालपोत कार्यालय सिमरामा कार्यरत रहँदा आठ महिनामा चार करोड ५८ लाख ७१ हजार २० रुपैयाँ अनियमितता गरेको अख्तियारले जनाएको छ । साउनदेखि १२ फागुनसम्मको सबै राजस्व उनले व्यक्तिगत खातामा जम्मा गरेका हुन् । अख्तियारले छानबिन थालेलगत्तै उनी भागेका थिए । यो समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।