१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar बेबारिसे अवस्थामा तीन नाल भरुवा बन्दुक फेला News Polar कालीगण्डकीमा जलसतह कम भएसंगै विद्युत् उत्पादन सुरु गर्ने तयारी News Polar घाँसीकुवामा पहिरो खस्दा पृथ्वीराजमार्गमा यातायात सेवा प्रभावित News Polar वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित News Polar एसियाली खेलकुदः आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा News Polar कालीगण्डकी नदीको बहाव हेर्दा.. News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै

जापानका प्रधानमन्त्री इरान भ्रमणमा

जापानका प्रधानमन्त्री इरान भ्रमणमा
अ अ+ अ-

तेहरान । जापानका प्रधानमन्त्री शिन्जो आबेले इरानका सर्वोच्च नेता आयातोल्लाह अलि खामेनीलाई बिहीबार इरानको राजधानी तेहरानमा भेट गर्नुभएको छ । प्रधानमन्त्री आबे संयुक्तराज्य अमेरिका र इरानबीच जारी द्वन्द्व र तनाबलाई मत्थर पार्ने उपायको खोजी गर्न इरानको भ्रमणमा हुनुहुन्छ ।

प्रधानमन्त्री आबेको यो भ्रमण सन् १९७९ को इस्लामिक क्रान्तिपछि पहिलो पटक भएको हो ।अमेरिकासँग अतिनिकट सम्बन्ध रहेको जापानको इरानसँग पारम्परिक सम्बन्ध रहिआएको छ ।खामेनीको आधिकारिक ट्वीटमा जापानका प्रधानमन्त्री शिन्जो आबेसँगको भेटवार्ताका तस्वीरहरु राखिएको छ ।

गत वर्ष मे महिनामा संयुक्तराज्य अमेरिकाले सन् २०१५ को ऐतिहासिक इरानी आणविक सम्झौता त्याग्ने घोषणा गरेपछि दुबै मुलुकबीचको सम्बन्ध चिसिएको छ । अमेरिकाले उक्त आणविक सम्झौताको आडमा आणविक हातहतियार निर्माणलाई गुप्तरुपमा विकास गरिरहेको आरोप लगाएको छ । हाल संयुक्तराज्य अमेरिकाले इरानमाथि कडा नाकाबन्दीको घोषणा गर्नुका साथै सम्भावित इरानी आक्रमण भन्दै मध्यपूर्वमा सैनिक उपस्थिति बाक्लो बनाएको छ ।

अमेरिकी प्रतिबन्धसँगै इरानी खनिज तेलको बिक्री रोकिएको छ जसबाट भारत, चीन, जापान समेतका प्रमुख तेल आयातकर्ता मुलुकहरुको अर्थतन्त्रमा नकारात्मक असर पर्ने अनुमान गरिएको छ ।

इरानले यमनका विद्रोही हुथी समूहलाई राजनीतिक, आर्थिक तथा हातहतियार उपलब्ध गराएको आरोप समेत लाग्ने गरेको छ जसलाई इरानले लगातार अस्वीकार गरिरहेको छ । हुथी विद्रोहीले छिमेकी मुलुक साउदी अरेबिया, युएई समेतका मुलुकमा ड्रोन र क्षेप्यास्त्र आक्रमण गरिरहेको आरोप लाग्दै आएको छ ।

जापानी प्रधानमन्त्री आबेले अहिले मध्यपूर्वका मुलुकहरुमा तनाब बढ्दै गएको र भिषण द्वन्द्व कुनै पनि समय शुरु हुन सक्ने बताउनुभएको छ । उहाँले सशस्त्र युद्धको अवस्था आउन दिनु हुँदैन भन्नुभयो ।
प्रधानमन्त्री आबेले जापानले तनाब न्यून गर्न सबै प्रयास गर्ने बताउँदै यही एकमात्र उद्देश्यका साथ आफू इरान आइपुगेको बताउनुभयो ।

तेहरानमा आयोजित पत्रकार सम्मेलनमा इरानी राष्ट्रपति रौहानीले संयुक्तराज्य अमेरिकाले इरानमाथि आर्थिक नाकाबन्दीजस्तो दबाब रोकेमा मध्यपूर्वमा सकारात्मक परिवर्तनको सम्भावना धेरै रहेको बताउनुभयो ।

उहाँले अमेरिकाले इरानमाथि सैनिक हस्तक्षेत्र गरेमा त्यसको उचित जवाफ दिइने चेतावनी पनि दिनुभयो ।