९ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आजबाट नयाँ नेपाली चलचित्र ‘साइनो’ रिलिज, हेर्नका लागि रक्षा मन्त्री पोखरेल हल पुगे



अ+ अ-

आजबाट नयाँ नेपाली चलचित्र ‘साइनो’ रिलिज भएको छ । आज बिहान काठमाडौं कुमारी हलमा प्रेस शो समेत आयोजना गरिएको छ ।

नेपाली चलचित्र क्षेत्रकी प्रथम नायिका भूवन चन्दको निर्माणमा तयार भएको यो चलचित्र हेर्नका लागि उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेल पनि कुमारी हल पुगेका थिए । यस्तै, निर्देशक दीपाश्री निरौलाले पनि चलचित्र हेरिन् ।

रमेश थापाको निर्देशनमा तयार भएको यो चलचित्रमा नायिका मिरुना मगर, नीता ढुंगानाको साथमा नव–कलाकार राजकुमार लगायतको मुख्य भूमिका छ । चलचित्रका सह–निर्माता शरण थापा हुन् । चलचित्र ‘साइनो’लाई पारिवारिक कथामा तयार पारिएको छ ।