१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar एसियाली खेलकुदः आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा News Polar कालीगण्डकी नदीको बहाव हेर्दा.. News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार

जम्मु कश्मीरको जनजीवन सामान्य, शिक्षण संस्था र कार्यालय खुल्दै

जम्मु कश्मीरको जनजीवन सामान्य, शिक्षण संस्था र कार्यालय खुल्दै
अ अ+ अ-

श्रीनगर । जम्मु कश्मीरको विशेष दर्जा अन्त्य भएपछि यहाँको जनजीवन सामान्य हुन थालेको छ। जम्मु कश्मीरमा मुख्य सचिवले सरकारी कर्मचारीलाई शुक्रवार काममा फर्कन आदेश दिएका छन्। शिक्षण संस्थाहरू पनि शुक्रवारदेखि खुला गरिएका छन्।

जम्मु कश्मीर सरकारले पनि सांबा जिल्ला प्रशासनले सबै शैक्षिक संस्था खुला गरिएको जनाएको छ। निजी र सरकारी सबैखाले शैक्षिक संस्था खोलिएको जम्मु कश्मीरका मुख्य सचिवले स्पष्ट पारेको छ।

जम्मु कश्मीर बारे विधेयक राज्यसभामा पेश गर्ने तयारी भएपछि राज्यभर सुरक्षा व्यवस्था कडा पारिएको थियो। ४ अगस्टदेखि यहाँका सबै विद्यालय, महाविद्यालय बन्द गर्न आदेश दिइएको थियो। सरकारले इन्टरनेट सेवा पनि बन्द गरेको थियो।

यसैबीच कश्मीरबाट करिब ७० जना आतंकवादीलाई आगरा ल्याइएको छ। उनीहरूलाई कडा सुरक्षाबीच भारतीय वायुसेनाको विशेष विमानबाट ल्याइएको थियो। राज्य विद्रोह गरेको आरोपमा उनीहरूलाई कश्मीरका विभिन्न जेलमा राखिएको थियो।

मोदीद्वारा सम्बोधन

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीवार राति भारतीय समय ८ बजे उनले जनतालाई सम्बोधन गरेका छन्। उनले जम्मु कश्मीरबाट धारा ३७० खारेज गरेपछि पहिलोपटक सार्वजनिक सम्बोधन गरेका हुन् । सम्बोधनमा मोदीले जम्मु कश्मीर र लद्दाखकन जनताको विकासका लागि यो कदम उठाएको दाबी गरे। शान्त, सुरक्षित र समृद्ध नयाँ जम्मु कश्मीर र लद्दाख निर्माणमा सहभागी हुन उनले आह्वान गरेका छन्। उनले आतंकवादविरुद्ध डटेर लड्नुपर्नेमा जोड दिए। उनले भने, ‘केही मुठीभर व्यक्तिले जम्मु कश्मीरलाई अशान्त बनाउन खोजे त्यसको सशक्त जवाफ दिनेछौं।’

उनले जम्मु कश्मीर र लद्दाखमा विकासले गति लिने दाबी गरे। यहाँका जनताको जीवनस्तरमा प्रगति हुने र शिक्षा, चिकित्सा, रोजगार अत्यधिक मिल्ने बताए।