१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar एसियाली खेलकुदः आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा News Polar कालीगण्डकी नदीको बहाव हेर्दा.. News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार

प्रयोगविहीन सरकारी कार्यालयका ‘गुनासो पेटिका’

प्रयोगविहीन सरकारी कार्यालयका ‘गुनासो पेटिका’
अ अ+ अ-

बाँके । सरकारले व्यवस्था गरेको ‘गुनासो पेटिका’ प्रयोगविहीन भएका छन् । प्रायजसो सबै सरकारी कार्यालयमा सुझाव, गुनासो, वा उजुरीका लागि राखिँदै आएका पेटिका प्रयोगविहीन जस्तै भएका हुन् । केही वर्ष पहिलेसम्म सुझाव तथा गुनासो पेटिकामा गुनासो भरिएका पत्र भेटिने गरेकामा पछिल्लो समय सुझाव पेटिका खोले पनि केही नहुँदा पेटिकासमेत खोल्न छाडिएको छ ।

कतिपय सरकारी कार्यालयमा राखिएका ती पेटिका वर्षौंसम्म पनि खोलेको पाइँदैन । कति पेटिकामा माकुराको जालो र बारुलाका ‘घर’ भेटिने गरेको छ । सरकारी कार्यालयका अधिकारीसम्म प्रत्यक्ष सम्बन्ध तथा पहुँच नभएका सर्वसाधारणलाई कार्यालय तथा अधिकारीसँग सम्बन्धित गुनासो, समस्या, सुझाव सजिलो तरिकाले राख्नका लागि व्यवस्थापन गरिएका यस्ता पेटिका अहिले आएर प्रयोगविहीन बन्दै गएका हुन् ।

नागरिकको बढी चाप र प्रशासनिक काम हुने जिल्ला प्रशासन कार्यालयको नयाँ बनेको भवनमा पनि पुरानो शैलीबाट उजुरी लिने सुझाव पेटिका राखिए पनि कुनै सुझाव तथा गुनासो आएको छैन । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद अर्यालले भन्नुभयो, “सेवाग्राहीको कार्यालय र कुनै कर्मचारीसँग सम्बन्धित गुनासो भए सिधैँ प्रजिअ तथा सहायक प्रजिअ कहाँ आउने भएकाले होला, पेटिकामा गुनासो दिन छाडिएको छ ।”

सूचना प्रविधिको प्रयोग हुन थालेकाले पनि गुनासो तथा सुझाव पेटिकामा गुनासो आउन छाडेको हुनसक्ने बाँके प्रशासनका सूचना अधिकारीसमेत रहनुभएका अर्यालको भनाइ छ । सरकारी कार्यालयमा कामकारवाही, कर्मचारीको व्यवहार, भ्रष्टाचार, ढिलासुस्ती लगायतका विषयमा सेवाग्राहीलाई गुनासो र उजुरी गर्न सहजताका लागि गुनासो पेटिका राखिएको हो ।

जिल्लामा सबैभन्दा बढी सेवाग्राही हुने र कामको ढिलासुस्तीका बहानामा ‘नजराना’ लिने गरिएको गुनासो आउने मालपोत तथा भूमिसुधार कार्यालयको पेटिकासमेत खाली छ । “कसैले कुनै गुनासो तथा समस्या भए सिधै कार्यालय प्रमुखसँग पुगेर गुनासो पु¥याइने गरिएको छ”, मालपोत तथा भूमिसुधार कार्यालय बाँकेका प्रमुख प्रेम दौल्यालले भन्नुभयो, “अब त सामाजिक सञ्जालमार्फत गुनासो पोख्ने र विरोध गर्ने प्रचलन आइसकेको छ ।”

जिल्ला प्रशासन कार्यालय मात्रै होइन नागरिकको चाप बढी हुने मालपोत, आन्तरिक राजश्व कार्यालय, यातायात व्यवस्था कार्यालय लगायतमा कतै पनि उजुरी र गुनासो पेटिकामा नखसेको सम्बन्धित कार्यालयका अधिकारी बताउँछन् । नेपालगञ्ज उपमहानगरपालिकाका सूचना अधिकारी शरद पौडेलले कार्यालयको पेटिकामा गत आर्थिक वर्षमा एउटा मात्र गुनासो प्राप्त भएको जानकारी दिनुभयो ।

सरकारी कार्यालयले नागरिक बडापत्र तथा अन्य सबै प्रगति विवरण वेबसाइटमा राख्ने गरेका छन् । कार्यालय प्रमुखलाई भेटेर वा फोन गरेर गुनासो र उजुरी गर्ने हुँदा पनि उजुरी पेटिकाको प्रयोग हराउँदै गएको सम्बद्ध अधिकारीको भनाइ छ ।

गुनासो तथा सुझाव पेटिका राखिनु राम्रो प्रावधान भए पनि सेवाग्राहीलाई त्यसको महत्वका बारेमा जानकारी गराउन नसक्दा पेटिका प्रयोगविहीन बन्दै गएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “यसको प्रभावकारिताका विषयमा जानकारी गराउन नसक्दा र कार्यालयले उचित प्रयोग गर्न नसक्दा पेटिकाको महत्व घट्दै गएको देखिन्छ”, गैसस महासङ्घ नेपाल बाँके शाखाका अध्यक्षसमेत रहनुभएका शाहले भन्नुभयो ।