९ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

हुवावेले ल्यायो हार्मोनीओएस, एन्ड्रोइडको साम्राज्य धरासायी हुने खतरा



अ+ अ-


चीनः चीनको प्रविधि क्षेत्रको विशाल कम्पनी हुवावेले शुक्रबार आफ्नै अपरेटिङ सिस्टम (ओएस) हार्मोनीओएस सार्वजनिक गरेको छ । पछिल्लो समय अमेरिकी प्रतिबन्धका कारण अमेरिकी बजारमा प्रवेश गर्न नपाएको हुवावेले आफ्नै ओएस सार्वजनिक गरेको हो ।


यसअघि आफ्ना मोबाइल डिभाइसमा एन्ड्रोइड अपरेटिङ सिस्टम चलाइरहेको हुवावेलाई अमेरिकाले एन्ड्रोइड समेत प्रयोग नगर्न दबाब दिइरहेको थियो । एन्ड्रोइडले पनि हुवावेलाई अमेरिकी सरकारको निर्णय भन्दै आफ्नो अपरेटिङ सिस्टम प्रयोग गर्न नदिने जानकारी दिइसकेको थियो ।


विश्व बजारमा हाल एन्ड्रोइड र एप्पलको आइओएस सर्वाधिक प्रचलनमा छन् । विश्वमै सर्वाधिक बिक्री हुने गरेको सामसुङले हाल एन्ड्रोइड सिस्टम चलाइरहेको छ भने आइफोनमा आइओएस प्रयोग हुँदैछ ।


हाल विश्व बजारमा हुवावेका फोनहरु निकै प्रयोगमा छन् । हुवावेका कन्जुमर बिजनेस प्रमुख रिचार्ड यूले डोन्गुआनमा आयोजित पत्रकार सम्मेलनमा हुवावेले “हार्मोनीओएस” बजारमा ल्याएको बताउनुभयो ।