९ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नक्कली नोट छाप्ने मेसिनसहित सातजना पक्राउ



अ+ अ-

धनगढी । कैलालीमा नक्कली नोट बनाउने मेसिनसहित पक्राउ परेका चार जना अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा कैलालीको चुरे गाउँपालिका– १ का २५ वर्षीय खग्रेन्द्र बम भन्ने खगे्रन्द्र रजवार, चुरे– १ कै २२ वर्षीय भोज बहादुर बम, धनगढी उप–महानगरपालिका–३ का २४ वर्षे पल्लभराज भट्ट र महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–६ का २५ वर्षीय गोकुल खड्का रहेका छन् ।

उनीहरुबाट छापेर काट्न बाँकी रहेको नेपाली पाँच सय दरको ९८ नोट, पाँच सयकै भारतीय ८६ नोट, भारतीय पाँच सय दरको पछाडीको भाग छापिएको ४ नोट बरामद गरिएको छ ।

उनीहरु मध्ये तीनजनालाई फरक फरक मितिमा धनगढीबाट पक्राउ गरिएको र गोकुल खड्कालाई सिआईवीको टोलीको सहयोगमा काठमाडौँबाट पक्राउ गरिएको कैलालीका प्रहरी नायब उपरीक्षक सुदिप गिरीले बताए ।

उनीहरुको साथबाट खोटा नोट छाप्ने एक थान ब्रोदर कम्पनिको मेसिन, नोट छाप्न प्रयोग भएको दुई सय २० थान सेतो पेपर लगायतका नेपाली र भारतीय नक्कली नोट समेत बरामद गरिएको छ ।

पक्राउ परेकाहरुमाथि अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको कैलालीका प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिए ।