१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar एसियाली खेलकुदः आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा News Polar कालीगण्डकी नदीको बहाव हेर्दा.. News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार

नेपालगन्जमा १४ वटा फर्निचर पसलमा आगलागी, ३ करोडभन्दा बढी क्षति

नेपालगन्जमा  १४ वटा फर्निचर पसलमा आगलागी, ३ करोडभन्दा बढी क्षति
अ अ+ अ-

नेपालगन्ज । नेपालगन्जको विपी चोकस्थित एक दर्जन फर्निचर पसलमा बिहीबार राति आगलागी हुँदा तीन करोड रुपैयाँभन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ।

राती ११ बजेबाट सुरु भएको आगलागी सुरक्षाकर्मी, स्थानीयवासी र ५ वटा दमकलको सहायताले बिहान ५ बजे मात्र नियन्त्रणमा आएको थियो । ६ घण्टासम्म लागेको आगोले १४ वटा पसल खरानी बनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी प्रकाश सापकोटाका अनुसार बिहीबार राति सवा ११ बजेतिर बाबा फर्निचरको विद्युत सर्ट भइ आगलागी भएको थियो। गुरुद्वाराको पूर्वपट्टि सुर्खेत रोडमा टिनको छानोमा लस्करै रहेका फर्निचर पसलहरु बाबा, ए–वान, अमन, आलिया, विन्देश्वरी र प्रतापसिंहको फर्निचरका साथै हिमालय, सानिया, स्टार, वारसी, न्यू रुबी र बाबा ट्रेडर्समा आगलागी भएको थियो। जहाँ फर्निचरको शोरुम र गोदाम थिए। आगलागीबाट सरदार डेन्टल क्लिनिकमा पनि क्षति भएको थियो।

अगालागीमा ३ करोड क्षतिको प्रारम्भिक अनुमान गरिएको उनले जानकारी दिए । ‘अहिले क्षतिको विवरण संकलन भइरहेको छ’ प्रहरी उपरीक्षक वलीले भने, ‘क्षतिको विवरण संकलन भइरहेकाले पूर्ण विवरण आउन केही समय लाग्न सक्छ ।’

वडा प्रहरी कार्यालय नेपालगन्जका इन्चार्ज प्रहरी निरीक्षक हरिबहादुर बस्नेतका अनुसार एउटा पसलबाट शुरु भएको आगो अन्यत्र पनि सल्किएको थियो । ‘टिनले बनाएको घर फर्निचरको शोरुम र गोदामको रुपमा प्रयोग गरिएका थियो’ उनले भने, ‘पसलहरु जोडिएको र फर्निचर बनाउन प्रयोग हुने प्रज्वलनशील पदार्थ समेत रहेकाले आगो निभाउन हम्मेहम्मे भयो ।’

आगलागी लगत्तै नेपालगन्ज उपमहानगरपालिकाका दुई, राँझा विमानस्थल, कोहलपुर नगरपालिका र बर्दियाको गुलरिया नगरपालिकाको एउटा गरी ५ वटा दमकलको सहायताले शुक्रबार बिहान साढे तीन बजेतिर आगो नियन्त्रणमा आएको हो। शुक्रबार बिहानैदेखि एउटा दमकल घटनास्थलमा राखिएको छ।