९ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललितपुर महानगरपालिकाद्वारा २ वटा ब्रुमर संचालनमा



अ+ अ-

काठमाडौ । महानगरपालिकालाई स्वच्छ, सफा र हरियाली बनाउने उदेश्यका साथ ललितपुर महानगरले २ वटा ब्रुमर संचालनमा ल्याएको छ ।

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले शुक्रबार एक कार्यक्रमको आयोजना गरीमहानगरपालिकालाई धुलोरहित बनाउने अभियान अन्तर्गत साउन १० गते खरिद गरिएको २ वटा ब्रुमर संचालनमा ल्याइएको बताए ।

ठूला ब्रुमर संचालन नहुने स्थानहरुमा साना ब्रुमर प्रयोग गरी सफाई अभियानलाई तीव्रता दिने पनि ललितपुर महानगरपालिकाले जनाएको छ ।

अत्याधुनिक प्रविधियुक्त भनिएको सो ब्रुमर महानगरपालिका वातावरण विभागको निगरानीमा संचालन गरिनेछ । इटालीमा बनेको आधुनिक दुई ब्रुमरको मूल्य ४ करोड ४८ लाख ११ हजार २ सय ८० रुपैयाँ रहेको छ ।