१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar एसियाली खेलकुदः आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा News Polar कालीगण्डकी नदीको बहाव हेर्दा.. News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार

त्रिशूली बस दुर्घटना: मृतकको सङ्ख्या ५ पुग्यो (अपडेट)

त्रिशूली बस दुर्घटना: मृतकको सङ्ख्या ५ पुग्यो (अपडेट)
अ अ+ अ-

धादिङ । आज बिहान धादिङको बेनिघाटरोराङ गाउँपालिका–३ सलाङघाटमा भएको यात्रु बस दुर्घटनामा मृतकको सङ्ख्या पाँच पुगेको छ । मोडमा पुगेपछि सिधै त्रिशूली नदीमा खसेको बस सडकबाट करीब १०० मिटर तल पानीमा डुबेर दुर्घटना भएको थियो ।

मृत्यु हुनेमा राजनारायण रौनियार, उनकी श्रीमती शोभा रौनियार र सौरभ रौनियार रहेका छन् । उनीहरू एकै परिवारका हुन्। तीनै जना सर्लाही ब्रम्हपुरी गाउँपालिका वडा नम्बर ४ का हुन् । यसैगरी नदीले बगाएर लगेको अवस्थामा मुग्लिन नजीकैबाट दुई जनाको लास प्राप्त भएको प्रहरीले जानकारी दिएको छ ।

उक्त दृर्घटनामा अरु १६ जनाको जीवितै उद्धार गरिएको प्रहरीले जानकारी दिएको छ ।घाइतेको उद्धार कार्य जारी रहेको छ । बसमा ४५ जना यात्रु रहेको अनुमान गरिएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार बसमा जीवन भनेर चिनिने लक्ष्मण जमरकटेल चालक, सहचालकहरू प्रमोद चौधरी र ऋषी उप्रेती सवार थिए ।बस चालकका न विकको अवस्था गम्भीर छ ।उनि बोल्न सक्ने अवस्थामा छैनन् । उप्रेती र कुँवर बोल्न सक्ने अवस्थामा भए पनि दुर्घटना कसरी भयो थाहा नभएको बताउँछन् ।

प्रहरीकाअनुसार उद्धार गरिएका १६ जनामा भुपेन्द्र कुमार यादव, अनिष राय, सुनिता रोकाया, शिखर कुमार महतो, राकेश बैठा, संजय महतो, रहेका छन् । त्यसैगरी जहेन्दर ठाकुर, रोहित कुमार मण्डल, शमिम राजा अन्सारी, धीरेन्द्र ठाकुर, चालक लक्ष्मण जमरकटेल, विजय राय यादव, दिनेश ठाकुर, भोगेन्द्र चौधरी, राहुल रहेका छन्।

घाइतेहरुको धादिङको गजुरी अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारका लागि काठमाडौं लैजाने तयारी भएको धादिङका प्रहरीले जनाएको छ । अँध्यारोमा बस खसेको र नदीमा पानीको बहाव बढी भएकाले यात्रुलाई बगाएको हुन सक्ने प्रहरीको अनुमान छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार बसमा सवार यात्रु

बिष्णु गाउँपालिकाका खुश रंजन (९८६००८००६१), 
शिवनगरका मोहम्म मतलुङ (९८२३२८५७५३), 
अगर्वाका नविन कुमार महतो (९८१७६०५९९३्र), 
लक्ष्मीपुरका मनिष रायसहित २ जना (९८०७६३३२४१), 
बेल्हीका राकेश राउत (९८०७६४०३३५), 
भारतका मज्जफरपुरका आशिष कुमारसहित २ जना (९८०८२०४२८०), 
गम्हरियाका दिनेश ठाकुर (९८१८६५८७५०),
भारत पर्सा मोडका धीरेन्द्र शर्मा (९८६९६९२७५७), 
औरहीका रबि कुमारसहित ३ जना (९८६४५८७६१८),
भारतका अररियाका दिलिप दाससहित ३ जना (९८१८३०८२५०), 
मलंगवाका भुपेन्द्र कुमार (९८५४०३५५०५),
त्रिभुवनगरका राजनारायण गुप्तासहित ४ जना (९८४४०३३२९२),
मलंगवाका संजिव चौधरी (९८१७६३२५१४),
मलंगवाका अरिबन्द सिंह (वकिल) (९८५१०४४८२१),
मलंगवाका अनिष राय (९८१४८३७०६६), 
भारतका लरकवा रामबाबु यादवसहित ३ जना (९८४१६०१०५१),
भारतका कुवारीका अजय ठाकुरसहित २ जना (९८४९८०६७८५), 
मलंगवाका रोहित मण्डल (९८१६२८४५९८), 
मलंगवाका शमिम (९८१२१५७७७८),
मलंगवाका सुशिल श्रीवास्तव र अनिल (९८१५७२७७९९), 
गणेशियाका भाग्य नारायण महतोसहित ३ जना (९८००८९७९८०) 
हरिपुरका योगेन्द्र चौधरी (९८४५७०९२१९) र अमित लामा (९८६२५७८६५१)