१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar घाँसीकुवामा पहिरो खस्दा पृथ्वीराजमार्गमा यातायात सेवा प्रभावित News Polar वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित News Polar एसियाली खेलकुदः आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा News Polar कालीगण्डकी नदीको बहाव हेर्दा.. News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल

संसदीय उपसमितिले भन्यो : शिक्षामन्त्रीले एमबीबीएस र बीडीएसको शुल्क बढ्दा त्यसलाई रोक्न सकेनन्

संसदीय उपसमितिले भन्यो : शिक्षामन्त्रीले एमबीबीएस र बीडीएसको शुल्क बढ्दा त्यसलाई रोक्न सकेनन्
अ अ+ अ-

काठमाडौं । संसदीय उपसमितिले मेडिकल कलेजहरुले एमबीबीएस र बीडीएसको शुल्क बढाउँदा त्यसलाई रोक्न तत्कालिन शिक्षामन्त्रीले पहल नगरेको निश्कर्ष निकालेको छ ।

संसदको शिक्षा तथा स्वास्थ्य समितिद्वारा गठित उपसमितिले शुक्रबारसंक्षिप्त प्रतिवेदन बुझाउँदै मन्त्रिपरिषद निर्णय पालना गराउन शिक्षा मन्त्रालयले नै चासो नदिएको बताएको छ । उपसमिति संयोजक सुरेशकुमार राईले मन्त्री र सचिवको बेवास्ताले मेडिकल कलेजहरुले तोकेको भन्दा बढी शुल्क लिएको बताए ।

शुल्कवृद्धिको अनुगमन गर्नुको सट्टा सम्बन्धित मन्त्री र मन्त्रालयका सचिवहरुले प्रेरित गरेको पाइएको संयोजक राईको भनाइ छ ।

मन्त्रिपरिषदले एमबीबीएस अध्ययनका लागि उपत्यकाबाहिर ४२ लाख ४५ हजार रुपैयाँ र उपत्यकाभित्र ३८ लाख ५० हजार शुल्क रुपैयाँ तोकेको थियो । तर मेडिकल कलेजहरुले त्यो भन्दा बढी शुल्क लिएका संसदीय उपसमितिले बताएको छ ।

काठमाडौं विश्वविद्यालयले त उपत्यकाभित्र ४५ लाख, उपत्यकाबाहिर ४७ लाख रुपैयाँसम्म लिन सक्ने गरी कार्यकारी परिषदले निर्णय गरेर आफू मातहतका मेडिकल कलेजलाई पत्राचारसमेत गरेको थियो ।

‘विश्वविद्यालयले मन्त्रिपरिषदको निर्णयको पालना नगरेर एमबीबीएस, बीडीएस, बीएनएस तथा बीएएसी (एन) तर्फ विगत तीन शैक्षिकसत्रमा शुल्क निर्धारणमा त्रुटिपूर्ण कार्य गरेको’ उपसमितिको प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ ।

गत चैत १५ गते समितिले चिकित्सा विज्ञानका स्नातक तह (एमबिबिएस र बिडिएस) सहित अन्य कार्यक्रमका निर्धारित शुल्क कार्यान्वयन बारेमा अध्ययन गर्न राईको संयोजकत्वमा ९ सदस्यीय उपसमिति गठन गरेको थियो । उपसमितिमा उमेश श्रेष्ठ, एकवाल मिया, खगराज अधिकारी, चित्रलेखा यादव, जीवनराम श्रेष्ठ, मनकुमारी जीसी र सन्तकुमार थारु सदस्य छन् । समितिले उपसमितिको म्याद २० दिन थप गरेको छ ।

उपसमितिले शिक्षण संस्थाहरुको लगत, लगानी, लगानीको प्रकृति, पूर्वाधार, सञ्चालन खर्च, छात्रवृत्ति, शिक्षण संस्थाले स्वीकृति प्राप्त गरेका कार्यक्रम संख्या, स्वीकृत सिट संख्यालाई समेत ख्याल गरेर शूल्क निर्धारण गर्ने निर्देशन दिन सुझाव दिएको थियो । सोहीअनुसार समितिले निर्देशन दिएको हो ।