९ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

डीडीसीलाई दैनिक ५८ हजार लिटर दुध अपुग



अ+ अ-

काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी) का योजना तथा बजार व्यवस्थापन विभाग प्रमुख सञ्जीव झाका अनुसार डीडीसीलाई दैनिक ५८ हजार लिटर दुध अपुग रहेको छ । समग्र उद्योगलाई करिब ६२ हजार लिटर अपुग रहेको डेरी उद्योग संघका अध्यक्ष अरनिको राजभण्डारीले बताए ।

‘मुलुकभरि करिब ७ लाख ९० हजार लिटर दुध चाहिने तर सुक्खा सिजनले बजारमा करिब १ लाख २० हजार लिटर दुधको अभाव रहेको अध्यक्ष राजभण्डारीले बताए । ‘करिब १५ दिन अभाव नै हुन्छ, त्यसपश्चात् पुनः स्वदेशी उत्पादनले धान्छ ।’ अध्यक्ष राजभण्डारीले भने ।

संघका अनुसार काठमाडौं उपत्यकामा दैनिक ५ लाख लिटर दुध आवश्यक पर्छ । जसमध्ये दुग्ध विकास संस्थानले करिब १ लाख लिटर बिक्री वितरण गर्छ । निजी डेरी उद्योगहरूले दुईदेखि साढे दुई लाख लिटर वितरण गर्छन् । बाँकी अनौपचारिक क्षेत्रबाट बिक्री भइरहेको संघको दाबी छ ।