९ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

केरलामा बाढी: २० को मृत्यु



अ+ अ-

नयाँ दिल्ली । दक्षिण भारतीय राज्य केरलामा आएको बाढीमा परी कम्तीमा २० व्यक्तिको मृत्यु भएको जनाइएको छ ।

यस बाढीको कारण २२ हाजार भन्दा बढी व्यक्ति विस्थापित भएका भारतीय सञ्चार माध्यमले शुक्रबार जानकारी दिएको छ ।

बाढीको प्रकोपबाट घरबारबिहीन भएका व्यक्तिहरुको लागि देशभरी ३ सय १५ ओटा उद्धार शिवीरहरु खोलिएको सरकारी अधिकारीहरुले जनाएका छन् ।
प्रत्यक्षदर्शीहरुका अनुसार केरलाको प्रायः भागमा आएको भारी वर्षापछि बाढीको प्रकोप निम्त्याएको हो ।

सो शिवीरहरुमा ५ हजार ९३६ परिवारका २२ हजार १६५ व्यक्ति व्ल्यक्ति शरण लिई बसेका जनाइएको छ ।