९ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

यू–१५ महिला साफ: पहिलो खेलमा नै नेपाल र भारत आमनेसामने हुने



अ+ अ-

काठमाडौं । साफ यू–१५ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले आफ्नो पहिलो प्रतिद्वन्द्वी भारतलाई पाएको छ ।

साउथ एसियन फुटबल महासंघ (साफ) ले शुक्रबार सार्वजनिक गरेको खेल तालिका अनुसार पहिलो खेलमा नै नेपाल र भारत आमनेसामने हुने भएको हो ।

भुटानको थिम्पुमा अक्टोबर ९ तारिखदेखि १५ तारिखसम्म हुने प्रतियोगितामा चार देशको सहभागिता रहनेछ । नेपालले आफ्नो पहिलो खेलमा भारतसँग अक्टोबर ९ तारिखमा खेल्नेछ ।

त्यस्तै, नेपालले दोस्रो खेल बंगलादेशसँग ११ तारिखमा खेल्नेछ । आफ्नो अन्तिम खेल भने आयोजक भुटानसँग १३ तारिखमा खेल्नेछ । राउण्ड रोविनको आधारमा हुने खेलको शीर्ष दुई टिम फाइनलमा प्रवेश गर्नेछ । फाइनल खेल १५ अक्टोबरमा हुनेछ ।