९ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वमा बुद्ध र सगरमाथा चिनाउने भुपु गोर्खा सैनिकका सन्तानलाई वंशजको आधारमा नागरिकता दिनुपर्छ: सांसद कडेल



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् सांसद देबेन्द्र कडेलले भुपु गोर्खा सैनिकका सन्तानलाई वंशजको आधारमा नागरिकता दिनु पर्ने माग गरेका छन्।

शुक्रबार राजधानीमा भुतपुर्व सैनिक कल्याणकारी समिति नेपाल एवं ब्रिटिश गोर्खा नेपाली नागरिकताको निरन्तरता संघर्ष समिति बेलायत/नेपालको आयोजनामा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै संसद कडेलले गोर्खा सैनिकले विश्वमा नेपाललाई चिनाई रहेको पनि दाबी गरे।

उनले नेपाललाई विश्वमा जसरी गौतम बुद्ध र सर्वोच्च शिखर सगरमाथाले चिनाइ रहेका छन् त्यसरी नै गोर्खा सैनिकले पनि नेपाललाई चिनाउने काम गरेको भन्दै उनका सन्तानहरुलाई वंशजको नागरिकताबाट बन्चित गराउन नहुने तर्क गरे।