५ असार २०८३, शुक्रबार
,
Latest
कक्षा १२ को नतिजा सार्वजनिक प्रदेश बजेटमा कञ्चनपुरको खेलकुदः मिनी स्टेडियम, इन्डोर क्रिकेट हल निर्माण किस्पाङ प्रतिभाको खोजीः वक्तृत्वकला र चित्रकला प्रतियोगिता सम्पन्न पहिरोले बेँसीसहर-चामे सडक अवरुद्ध शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने आजको मौसमः हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना कामपामा आगामी आवका लागि बहाल करको दर हेरफेर ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो सडक दुर्घटनामा कमी ल्याउन प्रदेश सरकार प्रयासरत छ : मुख्यमन्त्री यादव नेपालगन्जमा दुई चिकित्सकसहित पाँच पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वमा बुद्ध र सगरमाथा चिनाउने भुपु गोर्खा सैनिकका सन्तानलाई वंशजको आधारमा नागरिकता दिनुपर्छ: सांसद कडेल



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् सांसद देबेन्द्र कडेलले भुपु गोर्खा सैनिकका सन्तानलाई वंशजको आधारमा नागरिकता दिनु पर्ने माग गरेका छन्।

शुक्रबार राजधानीमा भुतपुर्व सैनिक कल्याणकारी समिति नेपाल एवं ब्रिटिश गोर्खा नेपाली नागरिकताको निरन्तरता संघर्ष समिति बेलायत/नेपालको आयोजनामा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै संसद कडेलले गोर्खा सैनिकले विश्वमा नेपाललाई चिनाई रहेको पनि दाबी गरे।

उनले नेपाललाई विश्वमा जसरी गौतम बुद्ध र सर्वोच्च शिखर सगरमाथाले चिनाइ रहेका छन् त्यसरी नै गोर्खा सैनिकले पनि नेपाललाई चिनाउने काम गरेको भन्दै उनका सन्तानहरुलाई वंशजको नागरिकताबाट बन्चित गराउन नहुने तर्क गरे।