१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar घाँसीकुवामा पहिरो खस्दा पृथ्वीराजमार्गमा यातायात सेवा प्रभावित News Polar वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित News Polar एसियाली खेलकुदः आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा News Polar कालीगण्डकी नदीको बहाव हेर्दा.. News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल

कर्मचारी विरोधी ऐन आउँदैन भन्नेमा विश्वस्त छौं: अध्यक्ष कोइराला

कर्मचारी विरोधी ऐन आउँदैन भन्नेमा विश्वस्त छौं: अध्यक्ष कोइराला
अ अ+ अ-

काठमाडौं । नेपाल निजामती कर्मचारी संगठनका कार्यवाहक अध्यक्ष लेखनाथ कोइरालाले आफुहरुसँग प्रत्यक्ष सरोकार राख्ने ऐन बनाउँदा सरकारले पर्याप्त छलफल नगरेकोमा आक्रोश पोखका छन् । उनले भने,‘अहिले संघीय निजामती सेवा ऐन राज्य व्यवस्था तथा सुशासन समितिमा छ, दफाबार छलफल चलिरहेको छ ।’ उनले ऐन बनाउँदा आफूहरुजस्ता सरोकारवाला पक्षसँग छफल गर्नुपर्ने सुझाए ।

उनले भने,‘सरकार कानून र संविधानअनुसार चल्नुपर्छ । यस्तो महत्वपूर्ण ऐन बनाउँदा हामीसँग अनिवार्य रुपमा छलफल गर्नुपर्छ ।’ कर्मचारी विरोधी ऐन आउँदैन भन्नेमा आफुहरु आशावादी भएको पनि उनले सुनाए । उनले कर्मचारीहरुलाई सामूहिक राजीनामा गराउने विषयमा टिप्पणी गर्दै भने,‘यो बोल्न सजिलो हुन्छ, तर कार्यान्वयन गर्न निकै कठिन हुन्छ ।

अहिले देशमा ३५ जना एनेस्थेसिया डाक्टरहरुले एकैपटक राजीनामा दिए भने त कुनैपनि शल्यक्रिया हुँदैन् । कर्मचारीहरुको सामूहिक राजीनामा गराउँदा के होला ? अनुमान गर्नुभएको छ ? ।’ उनले कर्मचारीहरु सचिव र मन्त्रीहरुको चाकडी गर्ने व्यक्ति नभएको पनि स्पष्ट पारे । उनले भने,‘हामी सरकारलाई सहयोग गर्न चाहन्छौं । हामी मौरी हौं । राम्रोसँग सहकार्य गरौं ।’ ऐनमा नमिलेका कुराहरुलाई संशोधन गर्नुपर्ने उनको सुझाव छ ।

उनले कर्मचारीको सरुवा पारदर्शी र चक्रिय बनाउनुपर्नेमा आफुहरुले जोड दिएको पनि सुझाए । उनले भने,‘स्वचालित सरुवा भयो भने कुनै चलखेल हुँदैन् ।’ उनले कर्मचारीलाई केहीपनि होईन भन्ने कुरा नठान्नपनि सरकारलाई चेतावनी दिए । उनले थपे,‘यो देशमा परिवर्तन ल्याउन हामीले धेरै महत्वपूर्ण भूमिका निर्वाह गरेका छौं । लोकतन्त्र र गणतन्त्र ल्याउन हामीले अग्रपँत्तिमा रहेर भूमिका निर्वाह गरेका छौं ।’

आफूहरु वर्तमान दुई तिहाई बहुमतको सरकारलाई काँधमा बोकेर हिँड्न तयार रहेको पनि उनले विश्वास दिलाए । उनले भने,‘प्रधानमन्त्रीज्यू सकारात्मक हुनुहुन्छ । उहाँले ट्रेड युनियनको आवश्यकत्ताबारे सकारात्मक प्रतिक्रिया दिनुभएको छ। तर बीचमा कसले घुसपैठ गरिरहेको छ, हामीले बुझ्न सकेका छैनौं ।’ उनले अब आउने ऐन आफूहरुको र जनताको पक्षमा आएर पारित भए स्वागतयोग्य हुने कुरापनि बताए ।