९ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

हङकङ प्रदर्शनकारीहरूद्वारा विमानस्थलको कक्षमै प्रदर्शन



अ+ अ-

काठमाडौं । डेढ महिनादेखि सरकारविरूद्ध प्रदर्शनमा रहेका हङकङका प्रदर्शनकारीहरू शुक्रबार दिउँसो हङकङ अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षमै प्रवेश गरेका । प्रशासनले भने प्रदर्शन अगावै विमानस्थलको सुरक्षा कडा बनाएको जनाएको छ । विमान कम्पनीहरूले यात्रुहरूलाई तोकिएको समय अगावै विमानस्थल आइपुग्न भनेका छन् ।

त्यहाँ पुगेका उनीहरूले आफ्नो आन्दोलन र मागबारे जापानी, अंग्रेजीलगायत विभिन्न भाषामा लेखिएका प्लेकार्ड आगन्तुकलाई वितरण गरेका थिए । प्रदर्शन विमानस्थलका अधिकारी र प्रहरीको समन्वयमा गरिएको दावी उनीहरुले गरेका छन् ।

सरकारले ल्याएको सुपर्दुगी विधेयकविरुद्ध हङकङमा डेढ महिनादेखि आन्दोलन जारी छ । चीनले भने हङकङमा शान्ति व्यवस्था कायम गर्न जनमुक्ति सेना परिचालन हुन सक्ने चेतावनी दिइसकेको छ । केही दिनअघि प्रदर्शनकारीले हङकङस्थित चीन सरकारको सम्पर्क कार्यालयमै तोडफोड गरेका थिए ।

ब्रिटेनले हस्तान्तरण गरेपछि हङकङमा ‘एक देश दुई व्यवस्था’ अन्तर्गत स्वायत्त शासन चलिरहेको छ । चिनियाँ रक्षा मन्त्रालयले प्रदर्शनले एक देश दुई व्यवस्थाको सिद्धान्तको सीमा पार गरेको चेतावनी दिएको हो ।