९ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी–२० आई क्रिकेट सिरिज: पहिलो खेल नेपालले हङकङसँग खेल्ने



अ+ अ-

काठमाडौं । ओमानमा हुने पाँच देशको टी–२० आई क्रिकेट सिरिजमा नेपालको पहिलो खेल हङकङसँग परेको छ ।

टी–२० विश्वकपको ग्लोबल छनोटलाई मध्यनजर गर्दै ओमानले अक्टोबरमा सिरिज आयोजना गर्दैछ । शुक्रबार सार्वजनिक खेल तालिकाअनुसार नेपालले पहिलो खेल अक्टोबर ६ मा हङकङसँग खेल्नेछ । सिरिजमा आयोजक ओमानसँगै नेपाल, आयरल्यान्ड, नेदरल्यान्ड र हङकङको सहभागिता रहनेछ ।

भोलिपल्ट नेदरल्याण्ड्ससँग खेल छ । ९ अक्टोबरमा आयरल्यान्ड र १० तारिखमा ओमानसँग खेल हुनेछ ।