९ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंको विजेश्वरीमा गोली चल्यो



अ+ अ-

काठमाडौँ । काठमाडौंको विजेश्वरी हाउजिङको झिंगु क्याफेमा गोली चलेको छ ।

विभिन्न आपराधिक कार्यमा संलग्न भएको आरोप लागेका रामेछापको गेलु घर भएका लोप्साङ भनिने मिलन तामाङ पक्राउ गर्न प्रहरीले गोली चलाएको हो । उनलाई घुँडामुनी गोली हानेर पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

गोली लागि घाइते भएका लोप्साङको अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको महानगरीय प्रहरी हपराध महाशाखाको वरिष्ठ प्रहरी उपरीक्षक सहकुल थापाले जानकारी दिए । लोप्साङसँगै अमृत तामाङ पनि पक्राउ परेका छन् ।