९ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विप्लवका तीन नेता गोरखाबाट पक्राउ



अ+ अ-

गोरखा । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका तीन नेता गोरखाबाट पक्राउ परेका छन्।

पार्टीका कास्की जिल्ला सेक्रेटरी जंगबहादुर भण्डारी, विद्यार्थी संगठनका केन्द्रीय सदस्य मिलन राई र विद्यार्थी संगठनकै कास्की जिल्ला अध्यक्ष काजी गुरुङ शुक्रबार पक्राउ परेका हुन्।

तीनै जनालाई शुक्रबार विहान छ बजे मझुवा देउरालीबाट पक्राउ गरिएको डिएसपी महेन्द्र नेपालले बताए।