९ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

साहित्यकार लिगलको भव्य अभिनन्दन



अ+ अ-

महेश कठायत, काठमाण्डौ । वरिष्ठ साहित्यकार गंगा लिगल अभिनन्दित भएकी छिन । शुक्रवार आयोजित एक कार्यक्रमका बिच वरिष्ठ साहित्यकार लिगल अभिनन्दित भएकी हुन् ।

हिपत मासिक पत्रिकाको छैठौ वार्षिकोत्सव विचार गोष्ठी तथा अभिनन्दन कार्यक्रममा प्रमुख अतिथी पूर्व मन्त्री शान्ता मानवी र सभापति समाजसेवी पशुपति गुरूङले साहित्यकार लिगललाइ अभिनन्दन गरेका थिए ।

कार्यक्रममा समाजसेवी हेमन्तकुमार कार्की, राम तामाङ, श्याम बराल, भगवती जोशी, राजेश मानन्धर र स्थापनाकालदेखि पत्रिकामा योगदान गर्ने एलोन बि.क लाई सम्मान गर्नुका साथै अभिनन्दित र सम्मानितहरूका बारेमा समालोचक राजन न्यौपाने (श्रीयम)ले प्रकाश पार्दै कार्यक्रममा शान्तराम बिडारी, ने.प्र.म., काठमाण्डौ अध्यक्ष र पुस्तकालय आवाज मासिकका सम्पादक रमेश कुमार भुसालले समसामयिक पत्रकारिताका समस्या र समाधानका सम्वन्धमा आफ्ना बिचारहरू ब्यक्त गरेका थिए ।

सरस्वती गौतमले स्वागत मन्तव्य रहेको कार्यक्रममा सुशीला ढकाल अधिकारीले धन्यवाद मन्तव्य व्यक्त गरिन । सम्पादक प्रकाश समीरले संचालन गरेको कार्यक्रम मसला कटेज टेकुमा सम्पन्न भएको हो ।