९ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

९ लाख घुससहित ५ जना कर्मचारी पक्राउ



अ+ अ-

काठमाडौं । ९ लाख घुससहित डिभिजन सडक कार्यालय पोखराका कार्यालय प्रमुख सहित ५ जना कर्मचारी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा डिभिजन सडक कार्यालय पोखराका कार्यालय प्रमुख हरीकुमार पोखरेल, इञ्‍जिनियर पवित्रमणी आचार्य र कार्यालय सहयोगीहरु सन्देश लम्साल र शिवराम शर्मा रहेका छन् ।

शुक्रबार गोप्य सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराबाट गएको टोलीद्वारा दुई पक्षबीच लेनदेन भइसकेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।

डिभिजन सडक कार्यालय, पोखरा अन्तर्गत सडक स्तरोन्नतीका लागि सम्झौता भई काम सुरू गर्नका लागि पेश्की निकासा गरे बापत जीएसआर निर्माण सेवा, पोखराका प्रोपाइटर र डिभिजन सडक कार्यालयका कर्मचारी बीच घुस—रिसवत लिने—दिने भ्रष्टाचारजन्य कार्य भइरहेको भन्‍ने खबर पएपछि अख्तियारले उनीहरुलाई समातेको हो ।