बुटवल । प्रदेश ५ सरकारले मुस्लिम समुदायको प्रमुख चाड बकर इदका दिन (सोमबार)सार्वजनिक विदा दिने भएको छ ।
बकर इद बिदा सम्बन्धी निर्णय प्रदेश राजपत्रमा बैशाख १२ गते नै प्रकाशित छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका अनुसार स्थानीय तहको निर्णयबाट एक दिन र भुमे पूजा, बड्का अटवारी पर्व, रमजान लगायतमा निश्चित समुदायलाई मात्रै बिदाको व्यवस्था गरिएको छ ।