गुलरिया । विप्लव निकट अखिल क्रान्तिकारीको केन्द्रीय सचिवालय सदस्य पुष्पराज न्यौपाने बर्दियाबाट रिहा भएका छन्। सर्वोच्च अदालको फैसला आदेशपछि न्यौपाने रिहा भएका हुन्।
गत फागुन महिनामा पक्राउ परेका न्यौपाने पटक–पटक पक्राउ पर्दै रिहाई हुँदै आएका थिए। सर्वोच्चको आदेशले शुक्रबार न्यौपानेको बर्दिया जिल्लाबाट रिहाई भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले बताए।
बाँकेमा १० हजार धरौटी बुझाएका उनलाई लगत्तै जिल्ला प्रशासन कार्यालय बाँकेको परिसरबाट पुन पक्राउ गरेको थियो।बाँके, बर्दियालगायत कैलालीका हिरासत तथा कारागारमा बन्दी रहेका अवस्थामा उनलाई गैरन्यायिक बन्दी बनाइएको भन्दै उनका भाइ दिपक न्यौपानेले साउन दोस्रो साता सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दायर गरेका थिए।