१० आश्विन २०८१, बिहीबार
,
Latest
उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेल र चीनका उपप्रधानमन्त्री दिङ स्वेयस्याङ्बीच भेटवार्ता जलबायू परिर्वतनले उत्पादकत्वमा ह्रास आएको छ: वन मन्त्री शाही १५९ अधिवक्तालाई ‘वरिष्ठ अधिवक्ता’को उपाधि – सूची सहित बिआरआईबारे सञ्चारमन्त्री गुरुङ र चिनियाँ राजदूत सोङले यसो भने सप्तकोसीमा खसेको बसमा सवार १७ जनाको उद्धार ढाकाकुमार श्रेष्ठ धरौटीमा रिहा अर्जुन लामा हत्या प्रकरणः अनुसन्धानको सक्कल फाइल पेस गर्न सर्वोच्चको आदेश अछाममा सुत्केरीको हेलिकप्टरमार्फत उद्धार प्रचण्डले बिद्यार्थीलाई भन्नुभयो- तपाईंहरू सडकको बाघ म चाहिँ प्रतिनिधिसभाको सिंह कोशी ब्यारेजबाट यात्रुवाहक बस खस्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुल्मीमा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु



अ+ अ-

गुल्मी । गुल्मीमा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ । चन्द्रकोट गाउँपालिका–४ शन्तिपुरमा मोटरसाइकलको ठक्करबाट ४५ वर्षीय चित्रबहादुर सार्कीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डीएसपी) मिनबहादुर घलेका अनुसार शान्तिपुरबाट हरेवा तर्फ जाँदै गरेको लु१९प ८२७३ नम्बरको मोटरसाइकलले पैदल चित्रबहादुरलाई ठक्कर दिएको हो ।

मोटरसाइकलको ठक्करबाट घाइते भएका सार्कीलाई उपचारको लागि शान्तिपुर उपस्वस्थ्य चौकी ल्याउने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।ठक्कर दिने मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।