१० आश्विन २०८१, बिहीबार
,
Latest
उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेल र चीनका उपप्रधानमन्त्री दिङ स्वेयस्याङ्बीच भेटवार्ता जलबायू परिर्वतनले उत्पादकत्वमा ह्रास आएको छ: वन मन्त्री शाही १५९ अधिवक्तालाई ‘वरिष्ठ अधिवक्ता’को उपाधि – सूची सहित बिआरआईबारे सञ्चारमन्त्री गुरुङ र चिनियाँ राजदूत सोङले यसो भने सप्तकोसीमा खसेको बसमा सवार १७ जनाको उद्धार ढाकाकुमार श्रेष्ठ धरौटीमा रिहा अर्जुन लामा हत्या प्रकरणः अनुसन्धानको सक्कल फाइल पेस गर्न सर्वोच्चको आदेश अछाममा सुत्केरीको हेलिकप्टरमार्फत उद्धार प्रचण्डले बिद्यार्थीलाई भन्नुभयो- तपाईंहरू सडकको बाघ म चाहिँ प्रतिनिधिसभाको सिंह कोशी ब्यारेजबाट यात्रुवाहक बस खस्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकदिवसीय क्रिकेटको ३०० औं खेल पूरा गर्दै गेल



अ+ अ-

काठमाडौं । वेस्ट इन्डिजका क्रिकेट खेलाडी क्रिस गेलले आइतबार भारतविरुद्धको खेलमा एकदिवसीय क्रिकेटको ३०० औं खेल पूरा गर्दै छन् ।

क्वीन्स पार्क ओभलमा वेष्ट इन्डिज र भारतबीचको सिरिजको दोस्रो खेल हुँदा गेलले भने आफ्नो एकदिवसीय क्रिकेट करिअरको ३०० औं खेल्न खेल्नेछन् ।

करिब एक महिनाअघि इंग्ल्यान्डमा सम्पन्न विश्वकप क्रिकेटबाट सन्यासको घोषणा गरेका गेलले पछि एकदिवसीय क्रिकेट भने खेल्ने निर्णय गरेका थिए ।

भारतविरुद्ध नै सन् १९९९ मा एकदिवसीय क्रिकेटमा डेब्यु गरेका क्रिस गेलले अहिलेसम्म १० हजार २९७ रन बनाएका छन् । जसमा २५ शतक, ५३ अर्धशतक छन् । एकदिवसीय क्रिकेटमा उनको २१५ रन सर्वाधिक उच्च स्कोर हो ।

भारतले घरेलु टोली वेष्ट इन्डिजसँगको तीन खेलको टी–२० क्रिकेट सिरिज क्लीन स्वीप गरेको थियो । तीन खेलकै एकदिवसीय क्रिकेट सिरिजको पहिलो खेल भने वर्षाको कारण रद्द भएको थियो ।