
काठमाडौं । सय तलाको भवनभन्दा ठूलो एउटा आकशीय पिण्ड पृथ्वीमा झर्ने भन्ने वैज्ञानिकहरुको अनुमान गलत साबित भएको छ । यो पिण्ड पृथ्वीमा खस्ने सक्ने भन्दै वैज्ञानिकहरु चिन्तित थिए । १० हजार ४ सय माइल प्रति घण्टाको दरले अन्तरिक्षमा घुमिरहेको उक्त आकशीय पिण्ड शनिबार पृथ्वी नजिकैबाट गएको हो। यो पीण्ड आइफल टावरभन्दा ठूलो थियो ।
पृथ्वीदेखि ४.६ मिलियन माइलको दूरीमा हुँदै उक्त पिण्ड आफ्नो कक्षमा गएको थियो। भिडियो फुटेजमा १.८६० किलोमिटर व्यास भएको उक्त आकशीय पीण्ड पृथ्वीको नजिक हुँदै गएको हो । यो आकशीय पिण्डको नाम २००६ क्यूक्यू२३ हो । सन् २००६ को अगस्टमा यो पिण्डको पहिचान भएको थियो।
यो घटनापछि विश्वका वैज्ञानिकहरुले पृथ्वी धेरै ठूलो दुर्घटनाबाट जोगिएको बताएका छन्। उनीहरुले यदि उक्त आकशीय पिण्ड पृथ्वीमा ठोक्किएको भए त्यसको प्रभाव कुनै आणविक बमभन्दा ५ सय गुणा बढीले हुने थियो।









