१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar बेबारिसे अवस्थामा तीन नाल भरुवा बन्दुक फेला News Polar कालीगण्डकीमा जलसतह कम भएसंगै विद्युत् उत्पादन सुरु गर्ने तयारी News Polar घाँसीकुवामा पहिरो खस्दा पृथ्वीराजमार्गमा यातायात सेवा प्रभावित News Polar वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित News Polar एसियाली खेलकुदः आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा News Polar कालीगण्डकी नदीको बहाव हेर्दा.. News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै

आगामी तीन दिनको मौसम : धेरैजसो स्थानहरुमा मेघ गर्जनरसहित वर्षा हुने

आगामी तीन दिनको मौसम : धेरैजसो स्थानहरुमा मेघ गर्जनरसहित वर्षा हुने
अ अ+ अ-

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखा अनुसार मनसुनको न्यून चापिय रेखा औसत स्थान भन्दा केही दक्षिण तिर अवस्थित छ जसका कारण नेपालमा मनसुन कम सक्रिय अवस्थामा रहेको छ। मनसुनको न्यून चापिय रेखा बिस्तारै माथि सरेर औसत स्थानमा आउने संभावना रहेको छ।

मनसुनको न्यून चापिय रेखाको औसत स्थान भन्नाले भारतको उत्तरी राजस्थान, हरयाना, दिल्ली, दक्षिण उत्तर-प्रदेश, दक्षिण बिहार, झारखण्ड र पश्चिम बंगाल हुँदै बंगालको खाडीको शिरसम्म जनाउँछ।

हाल देशको पूर्वी भु–भागमा आंशिक देखि सामान्य बदलि र मध्य तथा पश्चिमका स्थानहरुमा सामान्य बदली रही देशका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा र १–२ स्थानमा भारि बर्षा भईरहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान यस प्रकार रहेको छ ।

श्रावण २६ गते (आइतबार)
दिउँसो– देशका धेरैजसो स्थानहरुमा सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। देशको पहाडि भू–भागका एक(दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ।

राती– देशका धेरैजसो स्थानहरुमा सामान्यतया बदली रही केही स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। देशको पहाडि भू–भागका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ।

श्रावण २७ गते (सोमबार)
दिउँसो– देशका धेरैजसो स्थानहरुमा आंशिक देखि सामान्य बदली रही पश्चिमका केही स्थानहरुमा तथा पूर्वी र मध्यका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। देशका पहाडि भू–भागका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ।

राती–देशका धेरैजसो स्थानहरुमा सामान्यतया बदली रही केहि स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ । देशको पूर्वि पहाडि भू–भागका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ।

श्रावण २८ गते (मंगलबार)
दिउँसो– देशका धेरैजसो स्थानहरुमा आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। देशका पूर्व र मध्य पहाडि भू(भागका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ।

राती– देशका धेरैजसो स्थानहरुमा सामान्यतया बदली रही केहि स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।