१० आश्विन २०८१, बिहीबार
,
Latest
उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेल र चीनका उपप्रधानमन्त्री दिङ स्वेयस्याङ्बीच भेटवार्ता जलबायू परिर्वतनले उत्पादकत्वमा ह्रास आएको छ: वन मन्त्री शाही १५९ अधिवक्तालाई ‘वरिष्ठ अधिवक्ता’को उपाधि – सूची सहित बिआरआईबारे सञ्चारमन्त्री गुरुङ र चिनियाँ राजदूत सोङले यसो भने सप्तकोसीमा खसेको बसमा सवार १७ जनाको उद्धार ढाकाकुमार श्रेष्ठ धरौटीमा रिहा अर्जुन लामा हत्या प्रकरणः अनुसन्धानको सक्कल फाइल पेस गर्न सर्वोच्चको आदेश अछाममा सुत्केरीको हेलिकप्टरमार्फत उद्धार प्रचण्डले बिद्यार्थीलाई भन्नुभयो- तपाईंहरू सडकको बाघ म चाहिँ प्रतिनिधिसभाको सिंह कोशी ब्यारेजबाट यात्रुवाहक बस खस्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

आगामी तीन दिनको मौसम : धेरैजसो स्थानहरुमा मेघ गर्जनरसहित वर्षा हुने



अ+ अ-

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखा अनुसार मनसुनको न्यून चापिय रेखा औसत स्थान भन्दा केही दक्षिण तिर अवस्थित छ जसका कारण नेपालमा मनसुन कम सक्रिय अवस्थामा रहेको छ। मनसुनको न्यून चापिय रेखा बिस्तारै माथि सरेर औसत स्थानमा आउने संभावना रहेको छ।

मनसुनको न्यून चापिय रेखाको औसत स्थान भन्नाले भारतको उत्तरी राजस्थान, हरयाना, दिल्ली, दक्षिण उत्तर-प्रदेश, दक्षिण बिहार, झारखण्ड र पश्चिम बंगाल हुँदै बंगालको खाडीको शिरसम्म जनाउँछ।

हाल देशको पूर्वी भु–भागमा आंशिक देखि सामान्य बदलि र मध्य तथा पश्चिमका स्थानहरुमा सामान्य बदली रही देशका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा र १–२ स्थानमा भारि बर्षा भईरहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान यस प्रकार रहेको छ ।

श्रावण २६ गते (आइतबार)
दिउँसो– देशका धेरैजसो स्थानहरुमा सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। देशको पहाडि भू–भागका एक(दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ।

राती– देशका धेरैजसो स्थानहरुमा सामान्यतया बदली रही केही स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। देशको पहाडि भू–भागका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ।

श्रावण २७ गते (सोमबार)
दिउँसो– देशका धेरैजसो स्थानहरुमा आंशिक देखि सामान्य बदली रही पश्चिमका केही स्थानहरुमा तथा पूर्वी र मध्यका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। देशका पहाडि भू–भागका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ।

राती–देशका धेरैजसो स्थानहरुमा सामान्यतया बदली रही केहि स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ । देशको पूर्वि पहाडि भू–भागका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ।

श्रावण २८ गते (मंगलबार)
दिउँसो– देशका धेरैजसो स्थानहरुमा आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। देशका पूर्व र मध्य पहाडि भू(भागका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ।

राती– देशका धेरैजसो स्थानहरुमा सामान्यतया बदली रही केहि स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।