१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar बेबारिसे अवस्थामा तीन नाल भरुवा बन्दुक फेला News Polar कालीगण्डकीमा जलसतह कम भएसंगै विद्युत् उत्पादन सुरु गर्ने तयारी News Polar घाँसीकुवामा पहिरो खस्दा पृथ्वीराजमार्गमा यातायात सेवा प्रभावित News Polar वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित News Polar एसियाली खेलकुदः आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा News Polar कालीगण्डकी नदीको बहाव हेर्दा.. News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै

फरक समूहको रगत चढाएपछि बालिकाको मृत्यु: उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई कारबाही सिफारिस

फरक समूहको रगत चढाएपछि बालिकाको मृत्यु: उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई कारबाही सिफारिस
अ अ+ अ-

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले सहिद गंगालाल हृदय केन्द्रमा फरक समूहको रगत चढाएपछि उपचारका क्रममा मृत्यु भएकी बालिकाको उपचारमा संलग्न चिकित्सकलाई स्पष्टिकरण सोधेको छ।

गत वैशाखमा ५ वर्षिय बालिकालाई फरक समूहको रगत चढाइएको थियो। फरक समूहको रगत चढाइएको केही दिनपछि उपचारका क्रममा बालिकाको मृत्यु भएको थियो। ओ पोजेटिभ रगत भएकी बालिकालाई ए पोजेटिभको रगत चढाइएको थियो।

घटनाका विषयमा छानबिन गर्न बनाइएको विशेष समितिले दिएको प्रतिवेदनपछि काउन्सिलले उपचारमा संलग्न चिकित्सकलाई ७ दिनभित्र स्पिष्टकरण दिन पत्र काटेको हो। यस्तै काउन्सिलले उपचारमा संलग्न रहेका अन्य स्वास्थ्यकर्मीलाई आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउन नेपाल स्वास्थ्य व्यवसायी परिषद्मा सिफारिस गरिएको काउन्सिलको इथिकल कमिटीका संयोजक डा ढुण्डीराज पौडेलले जानकारी दिए।

उक्त घटनाका विषयमा छानबिन गर्न काउन्सिलले डा भगवान कोइरालाको संयोजकत्वमा विशेष समिति गठन गरेको थियो।
काउन्सिलले बालिकाको शल्यक्रियाको व्यवस्थापन गर्ने र रगत चढाउनु पर्छ भन्दै लेख्ने डाक्टर अपूर्व ठाकुरलाई निलम्बन किन नगर्ने भन्दै स्पष्टिकरण पेश गर्न पत्र काटेको छ। छानबिनका क्रममा डा ठाकुरले रगत चढाउनु पर्छ भन्ने विषयमा आफूले लेखेको तर उक्त कागजमा ‘ए पोजेटिभ’ रगत हो भनेर आफूले नलेखेको दाबी गरेका छन्।

यता अर्का चिकित्सक डा सन्दीप भण्डारीलाई पनि विभागिय कारबाही किन नगर्ने भन्दै स्पष्टिकरण सोधेको काउन्सिलले जनाएको छ।

उक्त उपचार प्रक्रियामा गलत समूहको रगत चढाउने काम हुनुमा ल्याब समेत दोषी देखिएको पाइएको भन्दै काउन्सिलले ल्याबमा कार्यरत ल्याब टेक्नीसियन सरला कोइराला र विन्देश्वर यादवलाई हदैसम्मको कारबाही गर्न नेपाल स्वास्थ्य व्यवसायी परिषदमा सिफारिस गरिएको डा पौडेलले जानकारी दिए।

सर्लाही सिसौटियाकी आकृति कुमारीको मुटुको भल्भमा समस्या थियो। ५ वर्षीया आकृतिको मुटुको भल्भ फेर्नका लागि वैशाख १३ गते गंगालालमा भर्ना गरिएको थियो। उनको १७ गते शल्यक्रिया गरिएको हो। तर, सो क्रममा उनलाई फरक समूहको रगत चढाइएको थियो।

फरक समूहको रगत चढाइएपछि उनको क्रियटिनन् बढेर ४ दशमलव १ एमजिडिएल पुगेको थियो। शल्यक्रियाअघि ती बालिकाको क्रियटिनिन् शून्य दशमलव ३ एमजिडिएल थियो। शल्यक्रियाअघि ३ लाख १३ हजार प्लेटलेट रहेकी ती बालिकाको शल्यक्रियापछि ७ हजारमा झरेको थियो।

फरक समूहको रगत चढाइएपछि झन् उनको स्वास्थ्य जटिल बन्दै गएपछि उनलाई पिआइसियूको १४ नम्बर बेडमा राखेर उपचार भइरहेको थियो। तर, उपचारका क्रममा उनको मृत्यु भएको थियो।