१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar बेबारिसे अवस्थामा तीन नाल भरुवा बन्दुक फेला News Polar कालीगण्डकीमा जलसतह कम भएसंगै विद्युत् उत्पादन सुरु गर्ने तयारी News Polar घाँसीकुवामा पहिरो खस्दा पृथ्वीराजमार्गमा यातायात सेवा प्रभावित News Polar वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित News Polar एसियाली खेलकुदः आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा News Polar कालीगण्डकी नदीको बहाव हेर्दा.. News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै

तीन सय जोडी गोसाइँकुण्डमा

तीन सय जोडी गोसाइँकुण्डमा
अ अ+ अ-

रसुवा । पुत्रदा एकादशी पर्वका अवसरमा आज हजारौँ भक्तजनले गोसाइँकुण्डमा डुबुल्की लगाई भगवान् शिवको पूजाआजा गरेका छन् । तीर्थ गएका हजारौंँ यात्रुमध्ये २१ औँ शताब्दीमा पनि ‘पुत्र’ प्राप्तिको वरदान माग्न करीब तीनसयको हाराहारीमा श्रीमान्श्री/मतीको जोडीले गोसाइँकुण्डमा स्नानपश्चात् पुत्र पैदा होस् भनी कामनाका साथ भगवान् शिवको विशेष पूजा आराधना गरेको कुण्डको छेउमा होटल सञ्चालन गर्ने व्यवसायीले बताए ।

छोराको इच्छा राख्ने दम्पतीले पुत्रदा एकादशीका दिन गोसाइँकुण्डमा पुगी आदर्शपुकार गरेपश्चात् पछिल्ला दिनमा जन्मने सन्तान पुत्रको रूपमा पैदा हुने मान्यता रहिआएको र धेरैजसो गोसाइँकुण्ड पुगेका भक्तजनले भगवान्को वरदानले ‘मेरो इच्छा पूरा भयो’ भन्ने गाउँघरमा जवाफ पाएको अनुभव ज्येष्ठ नागरिकले बताएका छन् ।

धार्मिक मान्यताअनुरूप ३० गते जनैपूर्णिमाका दिन संसारभर रहेका सम्पूर्ण देवदेवता भगवान् शिवलाई भेट्न पवित्र तीर्थस्थल गोसाइँकुण्डमा पुग्ने र त्यो दिन कुण्डमा फूल अक्षता चढाउँदा सबै देवताको दर्शन मिल्ने विश्वास रहिआएको छ । आ–आफ्नो परम्पराअनुसार लगाइने जनै तथा डोरो बन्धन पूर्णिमाको दिन कुण्डमा चोपलेपछि कुनै मन्त्र उचारण गर्न नपर्ने मान्यतासमेत रहिआएको छ ।

जनैपूर्णिमाको दिन पवित्र तीर्थको किनारमा तिथिश्राद्व गर्नाले दिवङ्गत पितृले आत्मसम्मान पाउने र बाटोमा अधोगति भएर बसेका सबै पितृ सरासर स्वर्गलोकमा पुग्ने मान्यता रहिआएको पुरोहित टङ्कप्रसाद ढकालले बताए।

आजबाट शुरू भई ३० गतेसम्म चल्ने विशेष पर्वमा १५ हजार भक्तजन गोसाइँकुण्ड पुग्ने अनुमान गरिएको बताउँदै गोसाइँकुण्डक्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमले आजको पुत्रदा एकादशी पर्वमा स्नान गर्ने हजारौँ यात्रुमध्ये बढीमात्रामा श्रीमान्श्रीमतीको जोडी पाइएको बताए।

सरकारी मान्यताअनुरूप धुञ्चेबाट गोसाइँकुण्ड पुग्न सात कोस उकालो पैदलमार्ग रहेको छ । गोसाइँकुण्ड जान काठमाडौँदेखि धुञ्चेसम्म भने मोटर सुविधा भएका कारण अहिले काठमाडौंबाट यात्रा शुरु गरेपछि एकै दिनमा देउराली क्षेत्र क्षेत्रमा पुग्न सकिने यात्रुले बताएका छन् ।

गोसाइँकुण्डमा स्नान र पूजाआराधना गरेपछि शरीरको रोगव्याधी हट्ने, अञ्जानमा गरेका सबै पाप मोक्ष हुने, नयाँ जोश र नयाँ जागर बढ्ने मान्यता रहिआएको छ । विगतको तुलनामा यस वर्ष यात्रुलाई आकस्मिक उपचारका लागि चिकित्सकको सङ्ख्या वृद्वि हुनुका साथै लेक लागेका यात्रुलाई उद्धारको विविध थप व्यवस्था भएकोले निर्धक्कसाथ गोसाइँकुण्ड यात्रा गर्न सबै यात्रुमा अनुरोध गरिएको समितिले जनाएको छ ।