१० आश्विन २०८१, बिहीबार
,
Latest
उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेल र चीनका उपप्रधानमन्त्री दिङ स्वेयस्याङ्बीच भेटवार्ता जलबायू परिर्वतनले उत्पादकत्वमा ह्रास आएको छ: वन मन्त्री शाही १५९ अधिवक्तालाई ‘वरिष्ठ अधिवक्ता’को उपाधि – सूची सहित बिआरआईबारे सञ्चारमन्त्री गुरुङ र चिनियाँ राजदूत सोङले यसो भने सप्तकोसीमा खसेको बसमा सवार १७ जनाको उद्धार ढाकाकुमार श्रेष्ठ धरौटीमा रिहा अर्जुन लामा हत्या प्रकरणः अनुसन्धानको सक्कल फाइल पेस गर्न सर्वोच्चको आदेश अछाममा सुत्केरीको हेलिकप्टरमार्फत उद्धार प्रचण्डले बिद्यार्थीलाई भन्नुभयो- तपाईंहरू सडकको बाघ म चाहिँ प्रतिनिधिसभाको सिंह कोशी ब्यारेजबाट यात्रुवाहक बस खस्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

भूकम्प पीडितलाइ यथाशीघ्र अनुदान लिन प्राधिकरणकाे अनुराेध



अ+ अ-

काठमाडौँ: राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अनुदान सम्झौता गरी खाता सक्रिय नगरेका लाभग्राहीलाई यथाशीघ्र तोकिएको बैंकमा सम्पर्क राख्न अनुरोध गरेको छ ।

अनुदान सम्झौता गरेलगत्तै पहिलो किस्ता बैंक खातामा जम्मा गरिएको तर खाता सक्रिय नगरेका कारण धेरै लाभग्राहीको रकम निष्क्रिय भएपछि तोकिएको बैंकमा सम्पर्क राख्न आग्रह गरिएको प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले जानकारी दिनुभयो ।

खाता सक्रिय गरी जम्मा गरिएको रकम निकालेर निजी आवास पुनर्निर्माण शुरु गर्न सम्बन्धित सबैलाई आग्रह गरिएको उहाँले बताउनुभयो ।

“समयमै खाता सक्रिय नगर्ने लाभग्राहीको खाता निष्क्रिय पारिनेछ”, उहाँले भन्नुभयो । हालसम्मको तथ्याङ्कअनुसार पहिलो किस्ता लिएका सात लाख ६७ हजार ६०८ मध्ये छ लाख दुई हजार ४४३ लाभग्राहीले घर निर्माण शुरु गरी दोस्रो किस्तासमेत लिइसकेका छन् ।