१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar बेबारिसे अवस्थामा तीन नाल भरुवा बन्दुक फेला News Polar कालीगण्डकीमा जलसतह कम भएसंगै विद्युत् उत्पादन सुरु गर्ने तयारी News Polar घाँसीकुवामा पहिरो खस्दा पृथ्वीराजमार्गमा यातायात सेवा प्रभावित News Polar वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित News Polar एसियाली खेलकुदः आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा News Polar कालीगण्डकी नदीको बहाव हेर्दा.. News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै

कल बाईपासमा संलग्नहरू पक्राउ, एक वर्ष कैद भुक्तान गरेकाहरू पुनः पुरानै धन्धामा

कल बाईपासमा संलग्नहरू पक्राउ, एक वर्ष कैद भुक्तान गरेकाहरू पुनः पुरानै धन्धामा
अ अ+ अ-

काठमाडौं: अवैध अन्तर्राष्ट्रिय कल बाईपासमा संलग्न काठमाडौं महानगरपालिका-४ बालुवाटार, टुसाल शितलमार्गस्थित कोठामा बस्दै आएका चितवन भरतपुरका ३६ वर्षीय नसिव तामाङलाई बिहीबार प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा नेपाल सरकारको कुनै पनि निकायबाट अनुमति नलिई गैरकानूनी रुपमा अन्तर्राष्ट्रिय कल बाईपास संचालन भइरहेको भन्ने सूचनाको आधारमा अनुसन्धान गर्ने क्रममा कल बाईपास गरिरहेको अबस्थामा तामाङलाई प्रहरीले पक्राउ गरेको हो । तामाङको साथबाट ३२ पोर्टको जीओआईपी गेटवे २ थान, ल्याप्टप १ थान, राउटर १ थान, मोबाइल १ थान, नेपाल टेलिकम तथा एनसेलका सिमकार्ड ३० थान र नोटबुक १ थान बरामद भएको छ ।

अनुसन्धानको क्रममा तामाङ २०७२ जेठ १९ गते भिओआइपी उपकरण सहित टोखा नगरपालिका-७ धापासी, काठमाडौंबाट पक्राउ परी १ वर्ष कैद सजाय भुक्तान पश्चात छुटेको खुल्न आएको छ । निजले उक्त पेशालाई छिटो आम्दानीको रुपमा हेरी पुन अवैध क्रियाकलापमा लागेको, उपत्यका बाहिर संचालन गर्ने योजना रहेको तथा विदेशी कल क्यारिअरसँग समन्वय गरी भिओआइपी सञ्चालन गरेको अनुसन्धानको क्रममा खुल्न आएको उक्त ब्यूरोले जनाएको छ ।

प्रतिवादी तामाङ उपर दूरसंचार ऐन, २०५३ अन्तर्गत थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएकाे छ ।