१० आश्विन २०८१, बिहीबार
,
Latest
उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेल र चीनका उपप्रधानमन्त्री दिङ स्वेयस्याङ्बीच भेटवार्ता जलबायू परिर्वतनले उत्पादकत्वमा ह्रास आएको छ: वन मन्त्री शाही १५९ अधिवक्तालाई ‘वरिष्ठ अधिवक्ता’को उपाधि – सूची सहित बिआरआईबारे सञ्चारमन्त्री गुरुङ र चिनियाँ राजदूत सोङले यसो भने सप्तकोसीमा खसेको बसमा सवार १७ जनाको उद्धार ढाकाकुमार श्रेष्ठ धरौटीमा रिहा अर्जुन लामा हत्या प्रकरणः अनुसन्धानको सक्कल फाइल पेस गर्न सर्वोच्चको आदेश अछाममा सुत्केरीको हेलिकप्टरमार्फत उद्धार प्रचण्डले बिद्यार्थीलाई भन्नुभयो- तपाईंहरू सडकको बाघ म चाहिँ प्रतिनिधिसभाको सिंह कोशी ब्यारेजबाट यात्रुवाहक बस खस्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली काँग्रेसमा गोला प्रथा, अन्तरिम नेतृत्व भदाै २० गतेभित्र चुन्ने कार्ययाेजना पारित



अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसले सहमतिकै आधारमा भदौ २० गतेभित्र अन्तरिम संरचना बनाइ सक्ने निर्णय गरेको छ ।

पार्टी सभापति शेरबहादुर देउवाकाे अध्यक्षतामा आइतबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले अन्तरिम संरचना निर्माणबारे निर्देशिका पारित गरेको छ । यसअनुसार अन्तरिम संरचना निर्माणका क्रममा कतै पनि चुनाव हुने छैन, बरु गोला प्रथाबाट नेतृत्व चयन हुनेछ ।

पार्टीलाई संघीय ढाँचामा लैजान कांग्रेसले संघीय निर्वाचन क्षेत्रको क्षेत्रीय समिति, प्रदेश निर्वाचन क्षेत्रीय समिति, स्थानीय तह र वडा तहमा अन्तरिम संरचना बनाउनुपर्छ । क्षेत्रीय सभापति चयन गर्दा यदि १३ औं महाधिवेशनबाट चुनिएका एक जना मात्र क्षेत्रीय सभापति छन् भने उनी स्वतः सभापति हुनेछन् । यदि दुई वा सो भन्दा बढी क्षेत्रीय सभापति छन् भने कार्यकालको वरिष्ठताका आधारमा चयन हुनेछ ।

कार्यकाल बराबर भए क्षेत्रीय प्रतिनिधि संख्या र त्यो पनि बराबर भए क्रियाशील सदस्य संख्याका आधारमा चयन गरिनेछ । यो पनि बराबर भए गोला प्रथा हुनेछ ।

स्थानीय तहको प्रमुख, केन्द्रका आधारमा छनोट हुनेछ । जुन स्थानमा केन्द्र छ, त्यही तत्कालीन गाविस वा नगरपालिकाका प्रमुख अन्तरिम संरचनाको प्रमुख हुनेछ ।

यसैगरी वडाको हकमा पुरानो गाविस, जेष्ठताका आधारमा अन्तरिम संरचनाको प्रमुख चुनिनेछ । ‘अन्तरिम संरचनाहरु सहमतिकै आधारमा बन्ने भएको छ’ केन्द्रीय सदस्य महेन्द्र यादवले भने, ‘२० भदौसम्म अन्तरिम संरचना बनिसक्छ । २४ भदौबाट दोस्रो चरणको राष्ट्रिय जागरण अभियान सुरु हुन्छ ।’