१० आश्विन २०८१, बिहीबार
,
Latest
विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार छः प्रधानमन्त्री उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेल र चीनका उपप्रधानमन्त्री दिङ स्वेयस्याङ्बीच भेटवार्ता जलबायू परिर्वतनले उत्पादकत्वमा ह्रास आएको छ: वन मन्त्री शाही १५९ अधिवक्तालाई ‘वरिष्ठ अधिवक्ता’को उपाधि – सूची सहित बिआरआईबारे सञ्चारमन्त्री गुरुङ र चिनियाँ राजदूत सोङले यसो भने सप्तकोसीमा खसेको बसमा सवार १७ जनाको उद्धार ढाकाकुमार श्रेष्ठ धरौटीमा रिहा अर्जुन लामा हत्या प्रकरणः अनुसन्धानको सक्कल फाइल पेस गर्न सर्वोच्चको आदेश अछाममा सुत्केरीको हेलिकप्टरमार्फत उद्धार प्रचण्डले बिद्यार्थीलाई भन्नुभयो- तपाईंहरू सडकको बाघ म चाहिँ प्रतिनिधिसभाको सिंह
तपाईं के खोज्दै हुनुहुन्छ ?

वेस्ट इन्डिज भारतसामु निरिह, गेलको ३०० औं खेल पनि फ्लप



अ+ अ-

काठमाडौंः वेस्ट इन्डिज भ्रमणमा रहेको भारतीय टिमले वेस्ट इन्डिजलाई पहिलो एक दिवसीय क्रिकेट खेलमा ५९ रनले पराजित गरेको छ । ट्रिनीड्याडको पोर्ट अफ स्पेनमा खेलिएको पहिलो खेलमा वर्षाले केही समय खेल रोकिएको थियो । डकवर्थ लेविस नियमका आधारमा भारत विजयी भएको हो ।
टस जिती पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा २७९ रन बनाएको थियो । भारतीय कप्तान विराट कोहलीले सर्वाधिक १२० तथा श्रेयस अयरले ७१ रनको महत्वपूर्ण पाली खेलेका थिए ।
जितका लागि ४६ ओभरमा २७० रन बनाउनुपर्ने संशोधित चुनौती पाएको वेस्ट इन्डिज ४२ ओभरमा २१० रनमै अलआउट भयो ।


वेस्ट इन्डिजका लागि ३००औं अन्तर्राष्ट्रिय एकदिवसीय खेल खेलिरहेका प्रारम्भिक ब्याट्सम्यान क्रिस गेल पुनः असफल भए । ११ रनमा आउट भएका गेललाई भारतीय बलर भुवनेश्वर कुमारले एलबीडब्लु आउट गरेका थिए ।
भारतका लागि भुवनेश्वर कुमारले ४ विकेट लिएका थिए ।
खेलमा म्यान अफ द प्लेयरको उपाधि भारतका कप्तान कोहलीले पाए ।
तीन खेलको एक दिवसीय शृंखलामा भारतले १-० ले अघि भएको छ । यसअघि तीन खेलको टी२० पनि भारतले नै जितेको थियो ।