१४ असार २०८३, आईतवार
,
Latest
कोशी प्रदेशमा ४४ वटा एफएम रेडियो बन्द अनाडीहरूबाट संविधान संशोधन हुन सक्दैन: पूर्वप्रधानमन्त्री खनाल पाँच वर्षे दीर्घकालीन सोचसहित मौद्रिक नीति ल्याउनुपर्छ: पूर्वसचिव अर्याल वाम एकता भएको भए १०० सिट जित्थ्यौं, आजको सत्ता समीकरण नै फरक हुन्थ्योः झलनाथ खनाल झलनाथको प्रस्तावः अब वाम एकतालाई दीर्घकालीन बनाऔँ मदन–आश्रितको हत्या योजनाबद्ध थियो, सत्य अझै बाहिर आएन : झलनाथ खनाल यस वर्षको ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ लेखक तथा अध्येता रमेश रुछेन राईलाई पूर्वाधारको क्षेत्रमा गरिएको ऋण लगानीले आर्थिक गतिविधिलाई चलायमान बनाउँछः अर्थमन्त्री ऋणलाई उत्पादनमूलक क्षेत्रमा परिचालन गर्ने अर्थमन्त्री वाग्लेको प्रतिवद्धता प्रतिनिधिसभाबाट राष्ट्र ऋण उठाउने विधेयक पारित
तपाईं के खोज्दै हुनुहुन्छ ?

११ वर्षीया बालिका बलात्कारको आरोपमा काठमाडौं महानगरपालिकाका कर्मचारी पक्राउ



अ+ अ-
सांकेतिक तस्विर

काठमाडौं । ११ वर्षीया बालिका बलात्कारको आरोपमा काठमाडौं महानगरपालिकाका एकजना स्थायी कर्मचारी पक्राउ परेका छन् ।

पीडितको उजुरीको आधारमा काठमाडौं महानगरपालिका–१७ बस्ने महानगरपालिकाको कुचीकार प्रमुख ५२ वर्षीय बाबुराजा पुजारी पक्राउ परेका हुन् ।

उनलाई आइतबार अनामनगरबाट पक्राउ गरेर महानगरीय प्रहरी वृत्त जनसेवामा राखिएको छ । जिल्ला अदालत काठमाडौंबाट सात दिनको म्याद थप गरी घटनाबारे अनुसन्धान गरिरहेको डीएसपी होविन्द्र बोगटीले जानकारी दिए ।

बालिकाको स्वास्थ्य परीक्षण गर्दा पनि जबर्जस्ती करणी गरेको पुष्टि भएको प्रहरीले जनाएको छ ।