१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar अधिवेशनमा सक्रिय सहभागिताका लागि पूर्वसभापति देउवाको अपिल News Polar वामपन्थी नेता बस्नेतको निधनले एमालेका केन्द्रीय सदस्यको सपथ ग्रहण स्थगित News Polar बाढी प्रभावित गल्छी –बैरेनीका १८० घरधुरीमा पुनःखानेपानी सेवा : स्थानीयवासी खुसी News Polar पहिरोमा परी बेपत्ता महिलाको शव फेलाः मृतकको सङ्ख्या १३ पुग्यो News Polar बाढीले क्षतिग्रस्त बेनी–जोमसोम सडक मर्मत सुरु News Polar शिक्षा क्षेत्रमा नीतिगत सुधारदेखि ‘डिजिटल’ सेवा विस्तारसम्म News Polar सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै News Polar अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज News Polar अविरल वर्षाले हुम्लाका ग्रामीण सडक अवरुद्ध News Polar कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज News Polar सार्वजनिक सवारीमा अग्निनियन्त्रक यन्त्र अनिवार्य गरिँदै News Polar मापदण्ड विपरित सञ्चालित अस्पतालमा सिलबन्दी News Polar ताप्लेजुङ दोभानका आगलागी पीडितलाई पाथीभरा देवी दर्शन केबलकारको ५ लाख सहयोग News Polar संसद अधिवेशन भोलिदेखि अन्त्य हुँदै, अब के हुन्छ निजामति विधेयक ? News Polar संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar घिरिङमा बाढीपहिरोले सात झोलुङ्गे पुल र बेलिब्रिजमा क्षति News Polar कालीगण्डकी करिडोर सञ्चालनमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

संविधान दिवस : हातहातमा झण्डा, मनमनमा संविधान

संविधान दिवस : हातहातमा झण्डा, मनमनमा संविधान
अ अ+ अ-

काठमाडौं । संविधानसभाबाट ‘नेपालको संविधान २०७२’ जारी भएको चार वर्ष पुगेको उपलक्ष्यमा देशभर आपसमा खुशियाली साटेर संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइएको छ ।

हजारौँको बलिदानपछि सशस्त्र स ङ्घर्षलाई विश्राम दिँदै जनताबाट चुनिएका जनप्रतिनिधिद्वारा गठित संविधानसभाबाट २०७२ साल आजकै दिन मुलुकमा पहिलोपटक संविधान जारी भएको थियो । विगत ६५ वर्षअघिको नेपाली जनताको नयाँ संविधान बनाउने चाहना साकार भएको यो दिन आफैँमा ऐतिहासक र एक युगको अन्त्य र अर्को युगको प्रारम्भ भएको दिन पनि हो ।

संविधान दिवसलाई यसपटक पृथक बनाउने उद्देश्यअनुरुप संविधान दिवस तथा राष्ट्रिय दिवस मूल समारोह समितिद्वारा आयोजित मुलुकभरका कार्यक्रम झण्डामय बन्न पुगेको छ । सङ्घ, प्रदेश र स्थानीय तहमात्रै होइन, हरेक सरकारी कार्यालय, संस्थान, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि र सर्वसाधारण हातहातमा झण्डा बोकी झण्डा अङ्कित टिसर्ट लगाएर दिवसमा सरिक भए । यसपटक सरकारले कार्यविधि परिवर्तन गरेर घरघरमा समेत झण्डा राख्न पाउने व्यवस्था गरेपछि यसको रौनक थप बढेको छ ।

संविधान दिवसका अवसरमा राजधानीको टुँडिडखेलमा सहभागी नेपाल बैंकका कर्मचारीले ‘हाम्रो सरकार, हाम्रो देश प्राणभन्दा प्यारो छ’ भन्ने नारा लगाउँदै समावेशी संविधान जारी भएको सुखद अवसरमा खुशियाली साटे ।

राष्ट्रको गौरव राष्ट्रिय झण्डा अङ्कित सेतो टिसर्ट लगाउनुभएका उहाँहरुको हातहातमा झण्डा थियो । जनप्रतिनिधिद्वारा जारी मुलुकको पहिलो संविधानलाई मनमस्तिष्कमा राखेर उहाँहरु झण्डा फहराउँदै नाचगानमा व्यस्त हुनुभयो ।

यसैगरी आ–आफ्ना समूहमा झण्डा फहराएर विभिन्न सङ्घसंस्थाका प्रतिनिधि दिवसमा सहभागी भए । राष्ट्रपति विद्यादेवी भण्डारीको सहभागितामा टुँडिखेलमा आयोजित विशेष समारोह चल्दै गर्दा पछिल्लो भागमा विभिन्न जातजातिको झाँकीसहित नाचगान गरेर खुशियाली मनाउनेको ठूलो भीड थियो ।

टुँडिखेलको चौर सर्वसाधारणदेखि सरकारी कर्मचारी तथा विभिन्न सङ्घसंस्थाका प्रतिनिधिले भरिभराउ थियो । सबैले हातहातमा राष्ट्रिय झण्डा फहराएका थिए । अधिकांश सहभागीले झण्डा अङ्कित टिसर्ट लगाएका थिए । संविधान जारी भएको खुशी त छँदै थियो, त्यसमाथि कार्यक्रम झण्डामय भएकामा रौनक थप बढेको थियो ।

एक बैंकका कर्मचारी शैलजा शाहलाई यसपटकको संविधान दिवस खास लाग्यो । “विगतमा क्यालेन्डरमा मात्रै सीमित थियो, यसपालि साँच्चै नै दिवस आए झैँ भयो, झण्डा बोकेर आउँदा छुट्टै उत्साह भयो”, शाहले भन्नुभयो । यसपटक झण्डा मात्रै भएकाले आगामी वर्ष राष्ट्रिय पोशाकमा सरिक हुन पाइयो भने दिवसको महत्व अझै बढ्ने भन्दै उहाँले सरकारलाई सुझावसमेत दिनुभयो ।

सरकाले यसपटक ‘संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाऔँ, घरघरमा राष्ट्रिय झण्डा फहराऔँ’ भन्ने नारा तय गरेको थियो । उक्त नारालाई चरितार्थ गर्दै आज घरघरबाट झण्डा बोकेर सरकारी कर्मचारी तथा सङ्घसंस्थाका प्रतिनिधि दिवसको खुशियालीमा रमाए । सर्वसाधारणको स्वतःफूर्त सहभागिता थियो ।

विभिन्न जातजातिको सांस्कृतिक झाँकीसहित मौलिक वेषभूषामा भएको सहभागिताले टुँडिखेलको शोभा बढेको थियो । सांस्कृतिक संस्थानले सातै प्रदेशको प्रतिनिधित्व हुने गरी सांस्कृतिक झाँकी प्रदर्शन गरेको थियो । सांस्कृतिक संस्थानका निमित्त महाप्रबन्धक प्रभाकर शर्मा समावेशी संविधानअनुसार सातै प्रदेशको प्रतिनिधित्व हुनेगरी झाँकी ल्याएको बताउनुभयो ।

टुँडिखेलमा कतै नौमती बाजा, कतै लाखे नाच, कतै सारङ्गीको धुन त कतै नेवारी समुदायका विभिन्न झाँकी र नृत्य प्रस्तुत भएका थिए । जुनसुकै कार्यक्रममा पनि सम्मानका साथ झण्डाको प्रयोगले संविधान दिवस थप उल्लासमय भएको थियो । नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि हुँदा तलबाट झण्डा फहराएर स्वागत गरिएको थियो ।

संविधान दिवस तथा राष्ट्रिय दिवस मूल समारोह समितिद्वारा आयोजित समारोहमा भने नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाल स्काउटबाट कवाज प्रदर्शन भएको थियो । विभिन्न क्षेत्रका जातजातिको वेषभूषासहितको झाँकी पनि प्रदर्शन गरिएको थियो ।

दिवसका अवसरमा नेपालका महत्वपूर्ण पर्यटकीय क्षेत्र, मौलिक संस्कृति, परम्परा तथा वन्यजन्तुको झलकसहित टुँडिखेलमा प्रदर्शन गरिएको थियो । उक्त अभियानमा भ्रमण वर्ष २०२० का संयोजक सुरज वैद्य आफैँ सक्रिय हुनुहुन्थ्यो । यहाँ कृषि, पशुका उन्नत बीउ तथा उत्पादनका बारेमासमेत प्रदर्शन गरिएको थियो ।